शुक्रवार, आश्विन ५ २०८०
असोज, ५ काठमाडौ । अखिल (क्रान्तिकारी) ले सरकारी पदधारण गरेका र गरिरहेका मन्त्री सांसदहरुको निजि बिद्यालयमा कालो व्यानर झुण्ड्याएको छ। संसद्मा दर्ता भएको शिक्षा विधेयक -२०८० खारेजीको माग गर्दै बिहीबार सांसद र मन्त्रीहरुको लगानी रहेका विद्यालयहरुमा कालो ब्यानर झुण्ड्याउएको हो।
प्रस्तावित शिक्षा विधेयक राष्ट्रको हितविपरीत रहेको राज्य र शिक्षाको दायित्वबाट पन्छिन खोजेको भन्दै अखिल (क्रान्तिकारी) ले शिक्षा मन्त्रि अशोक राईको स्वपन्न बाटिका स्कुल, सेरबहादुर देउवा पत्नि तथा सांसद आर्जु राणा देउवाको युलेन्स स्कुल, सांसद बिनोद चौधरीको क्याम्पिएन र प्रिमिएर, पुर्वमन्त्री उमेश श्रेष्टको लिटिलएन्जलस स्कुल, युनाइटेड स्कुल ललितपुरमा कालोब्यार टाँसेको छ।
त्यसैगरी अखिल(क्रान्तिकारी) चितवनले मन्त्री तथा संसदहरुको लगानी रहेको पर्साको international college, भरतपुरको Sunrise boarding school र भरतपुर कै ankuram academy मा कालो ब्यानर राखी प्रस्तावित शिक्षा विधेयकको विरोध गरेको छ। भने नवलपरासी जिल्ला प्रदेश संसद बिश्व प्रेम पाठकको लगानिमा रहेको ज्ञान्कुञ्ज शिक्षा सदनमा कालो ब्यानर राखेर बिरोध गरिएको छ।
अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थीहरुले सरकारी जग्गा हडपेर अवैध संरचना खडा गरि स्कुल संचालन गर्दै आएको शिक्षा एवम् प्रविधि मन्त्री अशोक राईको स्वप्न बाटिकामा कोणसभा सहित बिरोध प्रदर्सन समेत गरेका छन।
‘प्रस्तावित शिक्षा विधेयक २०८० ले नेपालमा विधिवत रुपमा कर्पोरेट प्रणाली सुरु भएको भदै राज्य शिक्षाको दायित्वको बहन गर्नबाट राज्य पञ्छिएको उनिहरुकोआरोप छ। केही व्यापारी र माफियाले लुट मच्चाउन वैधानिकता दिने र गरिब, किसान र मजदुरलाघ शिक्षाबाट बञ्चित गर्ने षड्यन्त्रसहित विधेयक आएको छ तर्सथ प्रस्तावित विधेयक नेपाली जनता राष्ट्रको हित विपरीत छ,’ अनेरास्ववियु क्रान्तिकारीले भनेको छ।












