मंगलवार, माघ २७ २०७७
सरकारले प्रतिबन्ध लगाएको नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले बैतडीका छात्रा भागरथी बिस्टकाे ब’लात्कार पछि भएकाे पा’शविक ह’त्याकाे न्यायपुर्ण छानविनगरी दाेषिमाथी कडा कार्वा’ही गर्न अपिल गरेका छन् ।
विप्लवको जारी विज्ञप्तीमा भनिएको छ-“बैतडी जिल्ला, दोगडाकेदार न.पा.७ चडेपानि निवासी, सिर्कोटस्थित सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत १७ वर्षिया छात्रा भागिरथी भट्टको बलात्कार गरी ह"त्या भएको घटनाप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ।
दुई वर्ष अघि भएको निर्मला ह"त्याकाण्डका अपराधिहरु पत्ता लगाई कारवाहि गर्न सरकार र प्रहरी प्रशासन असफल भएकोले पनि पिडितहरु दिनानुदिन रोदन गर्नुपर्ने र अपराधिहरु निश्चिन्त र उन्मुक्त भई अपराध थप मौलाउने वातावरणका कारण यस्ता घटनाहरू दोहोरिरहेका छन। हालको यो घटना पनि त्यहि प्रवृत्तीको निरन्तरता हो।”
बुधवार एक प्रेश विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले दुइबर्ष अगाडि कन्चनपुरी १४ बर्षिया बालिका निर्मला पन्त ह’त्याजस्ताे लापरबाही गरिए कडा कदम उठाउन बाध्य हुने चेतावनी दिएका छन् ।
हेर्नुस बिज्ञप्ति सहित :
