Jul 27 2026 | २०८३, श्रावण ११ गते

आजदेखी बिद्यालय नियमित पठनपाठन : राहत शिक्षकभने आन्दोलनमै

आजदेखी बिद्यालय नियमित पठनपाठन : राहत शिक्षकभने आन्दोलनमै

  • 629
    SHARES

  • आजदेखी बिद्यालय नियमित पठनपाठन : राहत शिक्षकभने आन्दोलनमै

    असोज, ७ गते काठमाडौ । शिक्षकहरुको आन्दोलनका कारण देशैभरी ठप्प भएका बिद्यालयहरु भोलि आइतवार देखि नियमित पठनपाठन हुदैछन। सरकार र आन्दोलनरत शिक्षक प्रतिनिधिहरुबिच शुक्रवार ६ बुँदे समझदारी पश्चात् महासंघले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो।

    नेपाल शिक्षक महासंघले विभिन्न १८ बुँदे माग राख्दै आन्दोलननमा होमिएका शिक्षक आफ्नो माग पूरा नहुन्जेल आन्दोलन जारी राख्ने बताएका थिए।

    यद्यपि आन्दोलन स्थगित भए पनि नेपाल रहत शिक्षक पेन्सन बञ्चित शिक्षकले भने शुक्रवार भएको ६ बुँदे सम्झौता प्रति आपत्ती जनाएका छन। शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति  र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् ।

    नेपाल राहत शिक्षक केन्द्रीय समितिले र पेन्सन बञ्चित शिक्षक केन्द्रिय संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै आन्दोलन जारी राख्ने निर्णय गरेका छन। सोही क्रममा शनिबार पनि माइतीघरदेखि नयाँ वानेश्वरसम्म विरोध प्रदर्शन भएको र आज आइतवार आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन।

    उनिहरुले विभिन्न संघर्ष समिति लगायत सम्पूर्ण शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय भएकोले बिहान १०: ३० बजे माइतीघर मण्डलामा अनिवार्य उपस्थित हुन सबै शिक्षक कर्मचारीलाई समितिले सर्कुलर समेत गरेको छन् ।

    बिज्ञप्ति 

    FB_IMG_1695483246532.jpgFB_IMG_1695483304615.jpg

    images
    आइतवार, आश्विन ७ २०८००७:१७:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार