सोमवार, आश्विन ८ २०८०
असोज, ८ काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शिक्षा विधेयकलाई अगाडि बढाउन अभिभावकत्व निर्वाह गर्ने बताएका छन्। सभामुख घिमिरे आयरल्याण्ड भ्रमण पछि स्वदेश आउने क्रममा त्रिभुवन अन्तर्राट्रिय विमान स्थलमा पत्रकारसंग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।
उनले विधेयकलाई अगाडि बढाउन सभामुखको भूमिका जे हुनुपर्छ, त्यही गर्छु भन्दै विधेयक सदनमा लैजाने, छलफल गर्ने, सहमति गर्ने, सहमति भएन भने प्रक्रियाबाट टुङ्ग्याउने बताए।
त्यसैगरी 'आयरल्याण्का राष्ट्रपति तथा मन्त्रीहरुसंगको भेटले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपालले लाभ लिन सक्ने वातावरण निर्माण भएको जानकारी दिए। नेपाली विद्यार्थीलाई दिनसक्ने सहुलियत, भिसाको प्रबन्ध, प्राविधिक दक्षतासहित नेपाली जनशक्तिको रोजगारलगायत विषयमा पनि छलफल भएको उनको भनाइ थियो।