मंगलवार, आश्विन ९ २०८०
असोज, ९ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले एसएलसी वा एसईई वा कक्षा १२ को शैक्षिक योग्यताको प्रमाणपत्रमा उमेर, नाम वा जात सच्याउन आवेदन माग गरेको छ। बोर्डले एक सुचना जारी गर्दै उमेर, नाम वा जात सच्याउन पर्नेभए राष्ट्रिय परिक्षा बोर्डको परिक्षा नियन्त्रण कार्यलयमा सम्पर्क गर्न आग्रह गरेको हो।
यसअघि सरकारले उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७ संशोधन गरी यस अघि ६ महिनाभित्र नाम थर सच्याउनु पर्ने नियमलाई परिवर्तन गरी पाँच वर्षभित्र नाम थर सच्याउनु पर्ने प्रावधान संशोधित उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियमहरु, २०८० गत भदौ १८ गत राजपत्रमा प्रकाशित भएको थियो ।



