Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविद्वारा २ जना प्राध्यापकलाई स्पस्टिकरण माग।

त्रिविद्वारा २ जना प्राध्यापकलाई स्पस्टिकरण माग।

  • 826
    SHARES

  • त्रिविद्वारा २ जना प्राध्यापकलाई स्पस्टिकरण माग।

    असोज, ९ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय रजिस्ट्रारको कार्यलयले पुलचोक क्याम्पसका सह-प्राध्यापक डा. निर्मल पौडेल र उप प्राध्यापक दिनेश लम्साललाई स्पस्टिकरण माग गरेको छ। बिश्वबिद्धालय संग केही समयको बिदामा बसेका तर बर्षौ हुदा समेत सम्पर्कमा नआएपछि बिश्वबिद्धालयले स्पस्टिकरण माग गरेको हो।

    पुलचोक क्याम्पसका सह प्राध्यापक डा. निर्मल पौडेल २०७९ जेठ सोही साउन २५ देखि साउन ३ गते सम्म जम्मा ३६ दिनको आधा तलवी बिदा पाउ भनी निवेदन दिई हाल सम्म पनि क्याम्पसमा अनुपस्थित रहेकोले स्पस्टिकरण माग गरिएको उल्लेख गरिएको छ।

    त्यसैगरी पुलचोक क्याम्पसकै उपप्राध्यापक दिनेश लम्साल २०७१ जेठ ५ गते देखि २०७५ जेठ ५ गते सम्म अध्ययन बिदा लिएको र पुर २०७५ जेठ ७ गते थप१ बर्षको अध्ययन बिदाका लागि निवेदन पेश गरेपनि सोको काबुलियतानामा लगाएतका प्रक्रियाहरुका लागि हालसम्म पनि अनुपस्थित रहेकोले स्पस्टिकरण माग गरिएको उल्लेख छ।

    बिश्वबिद्धालय रजिस्ट्रारको कार्यलय, कर्मचारी महाशाखाले त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को ६२ बमोजिम समयपालना र नियमितता बिपरित काममा अनुपस्थित भएको र सोही नियमको ८४(१) (छ) अभियोगमा कार्बाही गर्न नियम ८२ ख (१) अनुसार १५ दिने सुचना प्रकासित हिदा समेत कुनै स्पस्टिकरण पेश हुन नआएकोले ३५ दिन भित्र स्पष्टीकरण पुन पेश गर्न सुचित गरिएको छ।

    यस्तो छ सूचना ।

    Screenshot_20230926-063229_Facebook.jpg

     

    images
    मंगलवार, आश्विन ९ २०८००७:२३:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार