Oct 02 2026 | २०८३, आश्विन १६ गते

एसईई परीक्षा केन्द्रस्तर बाटै हुने !

एसईई परीक्षा केन्द्रस्तर बाटै हुने !

  • 587
    SHARES

  • एसईई परीक्षा केन्द्रस्तर बाटै हुने !

     

    प्रदेशस्तरमा एसईई परीक्षा सञ्चालन गर्नको ऐन नै नबनेको र त्यसका लागि छुट्टै अध्यादेश जारी गर्नु पर्ने भएकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) केन्द्रीय स्तरबाटै हुने भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार यस वर्षको एसईई केन्द्रीयस्तरबाटै हुनेभएको हो | ‘नयाँ राष्ट्रिय शिक्षा ऐन बनि नसकेकाले प्रदेशस्तरमा परीक्षा सञ्चालन गर्कोन नसकिने भन्दै यस्तो निर्णय गरिएको जानकारी दीईएकोछ।’

    मन्त्रिपरिषदको बैठकले प्रदेश शिक्षा निर्देशनालयसँग छलफल गरेर केन्द्रले नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक क्रमचारिले जनाए ।

    विद्यालय क्षेत्र सम्बन्धी नयाँ संरचना अनुसार ८ कक्षाको परीक्षा पालिकास्तरमा, १० कक्षाको प्रदेशस्तरमा र १२ कक्षाको राष्ट्रियस्तरमा सञ्चालन गर्ने व्यवस्था रहे पनि सो अनुरुप कानुनमा संशोधन भइनसकेकाले यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाट साविक झै सञ्चालन हुने भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

    परीक्षा कहिले सञ्चालन गर्ने भन्ने विषयमा भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन । यसअघि एसईई परिक्षा चैत्र ६ गते देखि शुरु हुने गरेको थियो ।

    images
    मंगलवार, माघ २७ २०७७१०:०१:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार