Jul 27 2026 | २०८३, श्रावण ११ गते

आमजुंगी विद्यालयका शिक्षकले गरे दलीय आबद्ध नहुने घोषणा।

आमजुंगी विद्यालयका शिक्षकले गरे दलीय आबद्ध नहुने घोषणा।

  • 563
    SHARES

  • आमजुंगी विद्यालयका शिक्षकले गरे दलीय आबद्ध नहुने घोषणा।

    असोज, ९ गते काठमाडौं । मोरङको आमजुंगी आवासीय विद्यालयका सम्पूर्ण शिक्षकहरुले कुनै पनि दल विशेषको भ्रातृसंगठन तथा सुभचिन्तक संघ संस्थामा नरहने घोषणा गरेका छन् । जिल्लाको केराबारी गाउँपालिकास्थित उक्त बिद्यालयका शिक्षकहरुले यस्तो निर्णय गरेका हुन्।

    साथै शिकहकहरुले नेपाल शिक्षक महासंघसँगको आबद्धता तोड्दै सामूहिक राजीनामा समेत दिएका छन् । उनिहरुले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरु आन्दोलित बनेको तर महासंघले जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगरी धोका दिएको भन्दै राजिनामा दिएको बताइएको छ।

    सकारात्मक भूमिका निर्वाह गर्ने सवालमा गम्भीर नबनेको र सकारको गुलाम भई निहित व्यक्तिगत स्वार्थमा लिप्त भएर गद्दारी गरेको आरोप लगाउदै उनीहरुले अब उप्रान्त कुनै पनि दलीय संघसंस्थामा आबद्ध नहुने घोषणा समेत गरेका छन् ।संयुक्त वक्तव्यमा उक्त विद्यालयका प्रधानाध्यापकसहित १० शिक्षकको हस्ताक्षर रहेको छ ।  

    यस्तो छ शिक्षकहरुको बिज्ञप्ति

    FB_IMG_1695725543136.jpg

     

    images
    मंगलवार, आश्विन ९ २०८००४:४१:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार