Jul 27 2026 | २०८३, श्रावण ११ गते

उपमहानगरले सरुवा गरेको शिक्षकलाइ हाजिर गर्न वडाध्यक्षको अवरोध

उपमहानगरले सरुवा गरेको शिक्षकलाइ हाजिर गर्न वडाध्यक्षको अवरोध

  • 601
    SHARES

  • उपमहानगरले सरुवा गरेको शिक्षकलाइ हाजिर गर्न वडाध्यक्षको अवरोध

    असोज, १० बारा । सिमरा उपमहानगरले सरुवा गरेका शिक्षकलाई जीतपुर सिमरा उपमहानगर वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेलले हाजिरी लगाउन अवरोध गरेका छन। जीतपुर सिमरा,१५ स्थित जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक मुना भट्टराईलाई भदौ १९ गते उपमहानगर शिक्षा शाखाले वडा नं १६ स्थित आधारभूत विद्यालय कर्तवामा सरुवा गरेको र विद्यालयमा हाजिर गर्न वडा अध्यक्षले अवरोध गरेका हुन।

    जीतपुर सिमरा उपमहानगर वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेलले आफ्नो वडामा रहेको विद्यालयमा सरुवा भई आएका शिक्षकलाई विद्यालयमा हाजिर गर्न रोक लगाएको र सोही विद्यालयबाट सरुवा भइ अन्य विद्यालयमा जाने शिक्षकलाई रमाना पत्र नदिएको शिक्षकहरुको गुनासो छ ।

    ‘पुरानो विद्यालयले पत्र लिएर जानुस् भनेको छ तर नयाँ विद्यालयमा वडा अध्यक्षले हाजिर हुन दिएका छैनन्। वडाध्यक्षले धम्कीको शैलीमा सामाजिक सञ्जालमा म आउन पनि दिन्नँ, जान पनि दिन्नँ भनेपछि हामीले के गर्ने ? भन्दै शिक्षकलाइ हप्काएको बताइएको छ।

    उपमहानगरले शिक्षक सरुवा गरेको निर्णय पत्र समेत वडा कार्यालयले लुकाएपछि आफुले उपमहानगरबाट पुनः अर्को चिठी बनाएर विद्यालय पुग्दा तपाईलाई हाजिर गराउन मिल्दैन भनेर मलाई काम गर्नै दिइएन र र अहिले सरुवाको चिठी बोकेर कर्तवा र नगरपालिका धाइरहेको छु भट्टराईले भनिन्।

    वडा नं १६ का वडाध्यक्ष खरेल एन प्याब्सन बाराका अध्यक्ष तथा निजी विद्यालयका सञ्चालक हुन् ।

    त्यसैगरी भट्टराई जस्तै वडा नं १६ को जनजागृति मावि सखुवाघाटबाट वडा नं १७ मा सरुवा भएका शिक्षक रमेश पटेललाई पनि वडाध्यक्ष खरेलले रमाना दिएका छैनन् । पटेलले यसबारे उपमहानगरमा निवेदन समेत दिएका छन् ।

    उपमहानगरले भदौ १९ गते प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी ८२ जना शिक्षकको सरुवा गरेको थियो । शिक्षक सरुवामा नगरप्रमुख राजन पौडेलले एकलौटी निर्णय गरेको भन्दै वडाध्यक्ष खरेलले शिक्षकहरुलाई हाजिर गर्न रोक लगाएका छन् ।

    अन्य वडाध्यक्षले भने शिक्षक सरुवालाई सामान्य ढंगले लिएका छन् । उपमहानगर वडा नम्बर १७ का वडाध्यक्ष भीम लामाले शिक्षक सरुवाको समय अनुकुल नभए पनि आवश्यक भएको बताए । ‘शैक्षिक सत्रको बिचमा सरुवा भयो भन्ने हो, अरु हाम्रो विमति केही छैन,’ वडाध्यक्ष लामाले भने ।

    उपमहानगरले पहिलो पटक सामुदायिक विद्यालयका शिक्षकहरुको सरुवा गरेको हो । उपमहानगरको नगर शिक्षा समितिले स्थानीय सरकार सञ्चालन ऐन  २०७४, परिच्छेद ३ को दफा ११ को उपदफा २ बमोजिम सामुदायिक विद्यालयका शिक्षकहरुको सरुवा गरेको हो । माध्यमिक तहका १५ जना, निम्न माध्यमिक तहका १८ जना र प्राथमिक तहका ४९ जना शिक्षकको सरुवा गरेको उपमहानगरको शिक्षा शाखाले जनाएको छ । उपमहानगर शिक्षा शाखा प्रमुख शिवजी प्रसाद साहले सरुवा भएका शिक्षकलाई हाजिर गराउन सबै विद्यालयलाई अनुरोध गरिएको बताएका छन् ।

    ‘केही वडामा शिक्षकलाई हाजिर गर्न नदिएर समस्या भएको छ, त्यस्ता शिक्षकलाई उपमहानगरमा निवेदन दिन लगाएका छौँ,’ शिक्षा शाखा प्रमुख साहले भने । उपमहानगरभित्रका वडा नं १६, १७, २३ र १० नं वडाका केही विद्यालयमा समस्या देखिए पनि वडा नं १६ बाहेक अन्य वडाका विद्यालयमा समस्या समाधान भइसकेको शिक्षा शाखाले जनाएको छ ।

    उपमहानगरभित्र ६१ वटा सामुदायिक विद्यालयमा बालविकासदेखि उच्च माविसम्म करिब २३ हजार विद्यार्थी अध्ययनरत छन् ।

     

    images
    बुधवार, आश्विन १० २०८००७:२९:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार