Jul 27 2026 | २०८३, श्रावण ११ गते

बनेपा नगरपालिका

पढाउने शिक्षक छैनन् : बजेट अभाव भन्दै नगरपालिकाले गर्यो शिक्षक कटौती ।

पढाउने शिक्षक छैनन् : बजेट अभाव भन्दै नगरपालिकाले गर्यो शिक्षक कटौती ।

  • 654
    SHARES

  • पढाउने शिक्षक छैनन् : बजेट अभाव भन्दै नगरपालिकाले गर्यो शिक्षक कटौती ।

    असोज, ११ काभ्रे ।  बनेपा नगरपालिकाले बजेट अभाव भएको भन्दै गणित र बिज्ञानका शिक्षकलाई अवकाश दिन ८ वटा विद्यालयलाई पत्र लेखेको छ। आर्थिक वर्ष २०८०/०८१ मा सरकारबाट अनुदान नपाएपछि नगरभित्रका सामुदायिक विद्यालयलाई दिँदै आएको शिक्षण सहयोग अनुदान कटौति शिक्षकहरुलाई निष्काशन गर्ने निर्णय गरेको हो ।

    यस नगरपालिकाको लागि संघीय शसर्त अनुदान अन्तर्गत कुनैपनि दरबन्दी नभएका सामुदायिक विद्यालयमा गणित, विज्ञान तथा अंग्रेजी विषयका शिक्षक व्यवस्थापनको लागि शिक्षण सहयोग अनुदान आउने गरेकोमा यस आर्थिक बर्ष २०८०/०८१ मा अनुदान प्राप्त नभएको हुँदा उक्त शीर्षकबाट तलव भत्ता पाउने गरी नियुक्त भएका शिक्षकहरुलाई स्रोत अभावका कारण मिति २०६०।०६।०८ गतेदेखि सेवा निरन्तरता नदिने नगर शिक्षा समितिको मिति २०८०/०६/०७ को निर्णय भएको हुँदा सोही अनुसार तहाँ विद्यालयमा उक्त शिर्षकबाट तलब भत्ता पाउनेगरी नियुक्त भएका शिक्षकलाई अवकाश गरी यस नगरपालिकामा जानकारी गराउन हुन अनुरोध छ,’– नगरपालिकाले विद्यालयलाई पठाएको पत्रमा भनिएको छ ।

    यस्तो छ नगरपालिकाले पठाएको पत्र ।

    FB_IMG_1695797727565.jpg

     

    images
    बिहिवार, आश्विन ११ २०८००७:०२:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार