बिहिवार, आश्विन ११ २०८०
असोज, ११ काठमाडौ । प्रस्तावित बिद्यालय शिक्षा बिधेयक २०८० बिरुद्ध आन्दोलनमा रहेका राहत लगाएत शिक्षकहरुको आन्दोलन भोलिपनि यथावत रहने बताइएको छ। नेपाल राहत शिक्षक केन्द्रिय समितिले एक बिज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
आन्दोलन सफल बनाउनदेशका विभिन्न भुभागबाट शिक्षकहरु आउने क्रम जारी रहेको भन्दै आन्दोलनको मोर्चामा सशक्त ढंगले अघि बढ्ने भन्दैजायज माग सम्बोधन गराउन औपचारिक तथा अनौपचारिक बार्तामा रहेको भन्दै छलफलमा आधिकारिक रुपमा बसि निष्कर्षमा पुर्याउन आन्दोलनलाई थप सडक आन्दोलन सहित सशक्त प्रदर्सन गर्नुपर्ने भएकोले असोज १२ गते १०:३० बजे माइतीघर मण्डलामा उपस्थित हुन अनुरोध गरेको छ।
यस्तोछ बिज्ञप्ति

