Jul 27 2026 | २०८३, श्रावण ११ गते

सरकार र राहत शिक्षक बार्ता बस्दै ।

सरकार र राहत शिक्षक बार्ता बस्दै ।

  • 628
    SHARES

  • सरकार र राहत शिक्षक बार्ता बस्दै ।

    असोज, १२ काठमाडौ । नेपाल सरकार र राहत शिक्षकबिच आज औपचारिक वार्ता हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार आधिकारिक पत्र पठाएपछि आज औपचारिक वार्ता हुने भएको हो। 

    राहत र बालविकास शिक्षकका प्रतिनिधि बसेर मन्त्रालयमा अनौचारिक छलफल पश्चात् आज शिक्षामन्त्री अशोक राईसहित आन्दोलनरत राहत शिक्षक र बालविकास शिक्षक प्रतिनिधिबिच सिंहदरबारमा अनौचारिक संवाद भएपछि शुक्रबार वार्ता हुने जानकारी प्राप्त भएकोछ।

    पेशा हित र अधिकार का लागि असोज ३ गते देखि आन्दोलन गरिरगेका छन। नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको उक्त आन्दोलन महासंघ संगको बार्तामा भएको सहमती लाई धोका भन्दै राहत शिक्षक, बालबिकास शिक्षकहरु भने अझै सडकमा छन।

    राहत शिक्षकले १८/१९ वर्ष सेवा गर्नुभएको छ। उहाँहरूलाई यत्तिकै घर जाउँ भन्न मिल्दैन। प्रतिस्पर्धा गर्न दिएर पास गराउने व्यवस्था गरिनु पर्छ। सत प्रतिशत कोटामा प्रतिस्पर्धा गर्न दिने व्यवस्था गरिनु पर्छ राहत शिक्षक केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले भन्नुभयो। त्यस्तै बालविकास शिक्षकको सेवासुविधासहित दरबन्दीमा लग्नु पर्ने उनले बताए।

     

    images
    शुक्रवार, आश्विन १२ २०८००९:३६:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार