Jul 27 2026 | २०८३, श्रावण ११ गते

आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच ५ बुदे सहमति: आन्दोलन फिर्ता।

आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच ५ बुदे सहमति: आन्दोलन फिर्ता।

  • 609
    SHARES

  • आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच ५ बुदे सहमति: आन्दोलन फिर्ता।

    काठमाडौं, १२ असोज । असोज ३ गते देखि काठमाडौैं केन्द्रित आन्दोलन थालेका शिक्षकहरु र सरकारबीच ५ बुदे सहमति भएको छ । शुक्रबार अपरान्ह सिंहदरबार स्थित् शिक्षा मन्त्रालयमा भएको वार्ताबाट दुई पक्षबीच सहमति जुटेको हो ।

    सहमति पश्चात् शिक्षकहरुको आन्दोलन समेत फिर्ता भएको छ। आन्दोलनरत राहत शिक्षकहरूसँग शिक्षा विधेयकलाई संशोधन गर्ने गरी सहमति भएपछी बार्ता सफल भएको बताइएको छ।

    वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र राज्यमन्त्री प्रमिला कुमारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थिए।

    शतप्रतिशत शिक्षकहरुलाइ आन्तरिक प्रतिस्पर्धा गर्ने गरी सहमति भएको राहत शिक्षक केन्द्रिय अध्यक्ष खेम अधिकारीले बताए। राहत शिक्षक स्थायी भएका खण्डमा अस्थायी सेवा अवधि पनि शतप्रतिशत नै गणना गर्ने सहमति भएको छ उनले बताए।

    यस्तो छ सहमतिको पुर्णपाठ सहित।

    FB_IMG_1695986194691.jpgFB_IMG_1695986196364.jpgFB_IMG_1695986198255.jpgFB_IMG_1695986199657.jpgFB_IMG_1695986201024.jpg

    images
    शुक्रवार, आश्विन १२ २०८००४:४५:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार