शुक्रवार, आश्विन १२ २०८०
असोज, १२ धादिङ। धुनिबेशी नगरपालिका वडा नम्बर १ मैदानमा अवस्थित महेन्द्रोदय माध्यमिक बिद्यालयले शैक्षिकसत्र २०७९ मा कक्षा ८, एसईई र कक्षा १२ को बार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा बिषय शिक्षकहरूलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आज शुक्रवार बिद्यालयले प्रधानाध्यापकको जिम्मेवारी सहित काज सरुवा भएर जाने शिक्षकहरुलाई बधाइ तथा बिदाई कार्यक्रममा विद्यार्थी तथा शिक्षकलाई सम्मान गरेको हो।

विद्यार्थी तथा शिक्षकको हौसला बढाउन गरिएको कार्यक्रममा बिधालयको शिक्षक ध्रुबकुमार श्रेष्ठको सन्चालनमा, बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बिवस तामाङ सभापति र धुनिबेशी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मानबहादुर तामाङ प्रमुख अतिथी रहनुभयो। त्यस्तै उक्त कार्यक्रममा बिद्यालयका पुर्ब प्रधानध्यापक केशव पौडेल, बर्तमान प्रधानध्यपक दीप बहादुर खत्री , काज सरुवा भइ जानुहुने शिक्षकहरु जगन्नाथ लम्साल ,दयानिधी बसौला र काज सरुवा भै आउनुभएको शिक्षकहरु राममाया थपलिया र बिशाल बास्कोटा, अबिभावक संघ अध्यक्ष प्रकाश सापकोटा , बि ब्य स सदस्य भीषण धिताल,वडा सदस्य सपना परियार, र भुपु विद्यार्थी २०५८ सालको ब्याजका विद्यार्थीहरुको बिशेष उपस्तिथि रहेको थियो।

उक्त कार्यक्रममा गरिब तथा जेहेन्दार बिद्यार्थीहरु स्नेहा परियार, बिमला तामाङ , सुजन तामाङ , सुमन तामाङ र सोमबुद्ध तामाङले नगद रु ४,००० प्राप्त गरेका हुन। यसैगरी कक्षा १० मा उत्कृष्ट अंक ल्याइ यसै बिद्यालयमा भर्ना गरेकी शृष्ठी पाण्डेले नगद रु १०,००० पुरस्कर साथै बिद्यालय अक्षयकोषमा रहेको कुल रकमको ब्याजबाट सन्ध्या रिजालले नगद रु १२,००० प्राप्त गरेकी छन्।

उक्त कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक दीप बहादुर खत्रीले बोल्दै अत्यन्तै न्यून संख्यामा रहेको विद्यार्थी संख्या वृद्धि गर्ने सवालमा हामी जस्तोसुकै छलफल गर्न तयार रहेको र अंग्रेजी माध्यमबाट पढाइ गर्ने हो भनेपनी आउनुस छलफल गरौं भन्दै शिक्षक साथीहरूले पनि आफ्नो कामको मर्यादा कायम राखेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

बिद्यालयमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी तथा शिक्षकहरुलाई वडास्तरीय सम्मान पुरस्कार बितरण गरेको थियो।उत्कृष्ट नतिजा ल्याइ नगर पुरस्कार जित्ने छात्रा आकृति तामाङ र छात्र सुरज तामाङले नगद रु ५,००० प्राप्त गरेका थिए भने शिक्षकतर्फ इन्द्र तामाङले नगद रु १०,००० प्राप्त गरेका थिए ।

मन्तव्यको क्रममा काज सरुवा भइ मछिन्द्र म बि जानुभएको नि बर्तमन प्र अ केशव पौडेलले करिब ४ बर्षको अवधिमा आफैले एक महिनाको तलब राखी अन्य दाताहरूको सहयोगमा अक्षयकोषको स्थापना गर्न सफल भएको बताउनुभयो ।

बिधालयबाट शिक्षण क्रियाकलापलाई प्रभावकारी र नतिजामुखी बनाउन सत् प्रतिशत नतिजा ल्याउने शिक्षकहरुलाई सम्मान गरेको थियोे। कक्षा १२ मा समाजशास्त्र बिषयमा सत प्रतिशत नतिजा दिन सफल शिक्षक मोहन कोइराला , नेपाली शिक्षक रोहिणी ढकाल र जनसंख्या तथा वातावरण शिक्षा शिक्षक राजेन्द्रप्रसाद भट्टराईलाई नगदसहित सम्मानपत्र दिइएको थियो।

उक्त कार्यक्रममा भुपु विद्यार्थीको तर्फबाट ट्रयाकसुट बितरण गर्नुभएको थियो। साथै भुपु विद्यार्थीको तर्फबाट राजु धितालले सम्बोधन गर्नुभएको थियो। उहाँले कुनैपनी बिधालयको अभिभावक सक्रिय नभएसम्म बिद्यालयको स्तर उन्नति हुन नसक्ने बताउनुभयो ।

वडा अध्यक्ष मानबहादुर तामाङले धुनिबेशी नगरपालिकाको वडा नम्बर १ मा रहेको ५ वटा बिधालयमा उत्कृष्ट नतिजा ल्याउनु हुने शिक्षकलाई नगद पुरस्कार दिने कार्यक्रम राख्ने बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले धुनिबेशी १ मा रहेको तीन वटा बिद्यालयबाट धुनिबेशी टप गर्ने एक जना विद्यार्थीलाई नगद पुरस्कार रु ५०,००० दिने घोषणा गर्नुभयो । कार्यक्रममा बिधालयको शिक्षक काजीमान श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो।





