शुक्रवार, आश्विन १२ २०८०
असोज, १२ काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो सातादेखि संचालन गर्ने भएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका अनुसार चैत पहिलो सातादेखि परीक्षा हुने भएको हो ।
बोर्डले सार्वजनिक गरेको कार्यतालिका अनुरुप एसईई परीक्षा चैत पहिलो साता गर्ने र २०८१ असारको दोस्रो हप्ता नतिजा प्रकाशन गर्ने जानकारी दिएको छ। एसईई परीक्षा तालिका र केन्द्र माघ पहिलो हप्ता सार्वजनिक गर्ने कार्यतालिका छ।
कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फारम छपाई र वितरण कात्तिक मसान्तसम्ममा गरिनेछ । जुन बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्नेछ । भने कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम मंसिर मसान्तसम्म भराउनेछ । त्यो शिक्षा विकास तथा समन्वय इकाई मार्फत हुनेछ ।
त्यसैगरी २०८१ को साउन तेस्रो साता पूरक परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको छ ।

