Jul 27 2026 | २०८३, श्रावण ११ गते

एन-प्याब्सनका केन्द्रिय अध्यक्षमा सुवास न्यौपाने ।

एन-प्याब्सनका केन्द्रिय अध्यक्षमा सुवास न्यौपाने ।

  • 2.7K
    SHARES

  • एन-प्याब्सनका केन्द्रिय अध्यक्षमा सुवास न्यौपाने ।

    असोज, १३ काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) को अध्यक्षमा सुवास न्यौपाने पदबहाली हुनुभएको छ । २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनको सहमति अनुसार उहाँलाई अध्यक्षमा पदबाहली गरेको हो।

    FB_IMG_1696080650514.jpg

    सातौ महाधिवेशनमा आलोपालोका लागि भएको सहमति बमोजिम यसअघि रहेका केन्द्रिय अध्यक्ष पाण्डव हमालको कार्यकाल गत भदौ २४ गतेदेखि सकिएकाले तत्कालीन सह-अध्यक्ष सुवास न्यौपानेलाई अध्यक्षमा पदबाहली गरिएको बताइएको छ। यद्यपि पदबाहाली कार्यक्रममा निवर्तमान अध्यक्ष हमाल भने अनुउपस्थिति रहेका थिए।

    20230930_130252.jpg

    पदबाहली कार्यक्रममा तत्कालीन सह-अध्यक्ष सुवास न्यौपाने सभापति रहनुभयो भने संस्थापक वसन्त बहादुर श्रेष्ठ प्रमुख अतिथिका रुपमा सहभागी हुनुभयो। उक्त कार्यक्रममा पुर्व पदाधिकारी, बर्तमान केन्द्रिय समितिका सदस्यहरु, देशैभरीका जिल्ला अध्यक्ष, महानगर, नगर, र पालिकाका अध्यक्ष साथै शैक्षिक संस्थाका संचालक, प्रिन्सिपल, डाइरेक्टरहरुको उपस्थिती रहेको थियो।

    FB_IMG_1696079774821.jpg

    पदबाहली कार्यक्रममा जय बहादुर श्रेष्ठले देशै भरीबाट आएका एनप्याब्सनका प्रतिनिधिहरुलाई मन्तव्य मार्फत स्वागत गरेका थिए। उनले कतिपय अवस्थामा निर्वाचन नगरेर सहमतीबाट समेत संस्था अगाडि जानसकिन्छ भन्ने हेतुले गरिएको सहमती पुर्व अध्यक्ष गिता राणा, कर्णबहादुर शाही , रितुराज सापकोटा, दुर्गा जोशी, प्रकाश पाण्डेले हस्ताक्षर गरेको र सोही अनुरुप निर्वाचनको लागि लाइन लागेका प्रतिनिधि पर्यवेक्षकहरु ब्याक हटेको भन्दै सहमती गर्नेले सहमति बिर्सेर पद हस्तान्तरण नगर्नु अनैतिक कार्य रहेको बताए। विद्यार्थीहरुलाई नैतिकताको पाठ पढाउनुपर्ने मान्छेले नै नैतिकता नदेखाएको उनको भनाइ थियो ।

    20230930_141023.jpg

    त्यसैगरी देशै भरिका जिल्ला अध्यक्षहरुको तर्फबाट काठमाडौ जिल्ला अध्यक्ष अमृत खड्काले सातौ राष्ट्रिय महाधिवेशनमा संगठनलाई एकताको नाममा निरास बनाउनुभएको भन्दै संगठनले जित्छ भने ठिक छ भनेर फर्किएका हामी आज आफैले नैतिकता समेत नदेखाइ पद हस्तान्तरण नगर्नु अनैतिक कार्य रहेको बताउनुभयो। संगठनलाई एकताबद्ध बनाउने वा संगठनलाई झोलामा राखेर संगठनिक नीति नियम र बिधानलाई कुनामा थन्क्याएर गुटबन्दी गर्ने यसको जवाफ नेतृत्वहरुले दिनुपर्ने धारणा राख्नुभयो।

    20230930_131957.jpg

    पदबाहली कार्यक्रममा प्याब्सनका अध्यक्ष डिके ढुङ्ग्गानाले शुभकामना व्यक्त गर्नुभयो । उहाँले संगठनहरुको हरेक क्रियाकलाप नजिकबाट नियालेको र राष्ट्रिय महाधिवेशनमा दुइजना अध्यक्षका उमेदवारहरुलाई पालैपालो आधा/आधा समय नेतृत्व गर्ने भनेको संगठनिक कानुन नै हो भन्दै केही अडचन भएपनि यसलाई सहजरूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

    सहमति गर्ने कार्यन्वयन नगर्ने राम्रो नैतिकता भित्र नपर्ने भन्दै उहाँले बरु शिक्षामा हामी के गर्दै छौ? कहाँ आएका छौ? यो कुरालाई हेक्का राख्नुपर्ने बताउनु भयो। उहाँले नेतृत्व हस्तान्तरण प्रकृया सहज लिन पाण्डव हमाललाई सुझाव समेत दिनुभयो। एक अर्को प्रसंगमा ढुङ्गनाले एन प्याब्सनमा गिता राणा र कर्ण शाही पछि सुवास न्यौपाने नेतृत्वको रुपमा खरो हुनुहुन्छ भन्दै उहाँको नेतृत्वमा धेरै सहकार्य गर्न सकिने धारणा राख्नुभयो। त्यसैगरी एन-प्याब्सन, प्याब्सनको पछिपछि लाग्यो भन्ने या प्याब्सन, एन-प्याब्सनको पछिपछि लाग्यो भन्ने अनावश्यक लान्छना लगाउन नहुने बरु हामी एउटै उदेश्य बोकेर बनेका संगठन भएकोले शिक्षालाई नयाँ डाइमेन्सन बाट लिएर जान बलियो सहकार्य गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो।

    20230930_133223.jpg

    त्यसैगरी पद बाहली कार्यक्रमको सातौ महाधिवेशनमा हस्ताक्षरकर्ता पुर्व बरिस्ठ उपाध्यक्ष दुर्गा जोशी, सल्लाहकार प्रकाश पाण्डे र कर्णबहादुर शाहीले शुभकामना मन्तव्य दिनुभयो । आफ्नो कार्यकाल सकिँदा समेत पद हस्तान्तरण नगर्नु हमालको अनैतिक र अराजक क्रियाकलाप रहेको तिनैजना हस्ताक्षर कर्ताको प्रतिक्रिया रहेको थियो। उहाँहरुले भदौ २४ गतेदेखि कानुनत: हमालको अध्यक्षता सकिएको भन्दै सुवास न्यौपानेलाई पदबाहली गर्नु संगठनको आवस्यकता रहेको बताउनुभयो।

    20230930_160331.jpg

    त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल नेशनल प्याब्सनका संस्थापक वसन्तबहादुर श्रेष्ठ, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, निजी विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा, लगाएतले शुभकामना मन्तव्य दिएका थिए। पदवाहली कार्यक्रम संगठनका केन्द्रिय उपमहासचिव प्रकाश खड्काले संचालन गर्नुभयो।

    20230930_160701.jpg

    कार्यक्रमको समापनमा नवनियुक्त अध्यक्ष सुवास न्यौपानेले प्रतिबद्धता मन्तव्य सहित कार्यक्रम समापन गर्नुभयो। उहाँले अन्याय विरुद्ध न्यायको लागि कार्यक्रममा आउनुहुने सबैलाई धन्यवाद व्यक्त गर्दै परिस्थितिले जन्माएको, कथाले मागेको यस अवस्थामा संगठनलाई जिम्मेवार पुर्वक नेतृत्व बहन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। संगठको लामो ईतिहास रहेको भन्दै नवनियुक्त अध्यक्षले संगठनमा दरार आउने काम नगर्ने बरु पाण्डव सर इमान्दार हो, तर अरुको भड्काउमा लागेर यो अवस्था आएको बताउनुभयो। उहाँले अझै पनि समय रहेको भन्दै आफ्नो गर्भिलो इतिहासलाई बचाउन बिबेक पुर्‍याउन सुझाव दिनुभयो।

    20230930_161020.jpg

    आजदेखि ठूलो जिम्मेवारी बोकेको छु, अफ्ट्यारो परिस्थितिमा साथिहरु उपस्थित हुनुभएको बेला कसैको शिर नझुकिने गरि म काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यो व्यावसायिक संगठन भएको र यहाँ राजनीतिक राजनीतिक संगठन जस्तै बिकृती र बिसंगतीहरु को संस्कार हामिले बोक्न नहुने धारणा व्यक्त गर्नुभयो। सबैको भावनालाई कदर गर्दै संगठनलाई एक बनाउने। आजका दिन देखि कुनै समूह नरहने र क्षमतावान मानिस नेतृत्वमा आउन प्रेरित गर्ने बताउनु भयो। त्यसतै उहाँले आर्थिक अनुशासन र पारदर्शीता कायम गर्ने बताउनुभयो । भने केन्द्रिय कार्यलय ब्यबस्थापन गर्नुपर्ने भन्दै त्यसको लागि ब्यक्तिगत ५ लाख रुपिया सहयोग गर्ने समेत बताउनुभयो।

    20230930_141214.jpg

    एक अर्को प्रसंगमा नवनियुक्त अध्यक्ष न्यौपानेले निजि सेक्टरमा काम गर्ने शिक्षक कर्मचारीले आफ्नो भविष्य सुनिश्चित गर्न नसके हामी गुणस्तरीय शिक्षा कायम गर्न नसक्ने भन्दै त्यसको लागि आफू लागिपर्ने बताउनुभयो।

    20230930_130027.jpg20230930_142825.jpg20230930_125639.jpgFB_IMG_1696079717416.jpgFB_IMG_1696079743850.jpgFB_IMG_1696079780342.jpg

     

    images
    शनिवार, आश्विन १३ २०८००८:४९:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार