Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुदुरपश्चिममा विद्यार्थी परिषदद्वारा शिक्षा कार्यशाला सम्पन्न

सुदुरपश्चिममा विद्यार्थी परिषदद्वारा शिक्षा कार्यशाला सम्पन्न

  • 513
    SHARES

  • सुदुरपश्चिममा विद्यार्थी परिषदद्वारा शिक्षा कार्यशाला सम्पन्न

    असाेज १४, कञ्चनपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशद्वारा नेपालकाे शिक्षाकाे समग्र अवस्था, चुनाैती र समाधान विषयमा शिक्षा कार्यशाला सम्पन्न भएकाे छ । शनिबार महेन्द्रनगरकाे भिमदक्त नगरपालिकामा शिक्षाविद्, विभिन्न विद्यालयका शिक्षकहरूकाे उपस्थितिमा एक दिने शिक्षा कार्यशाला सम्पन्न भएको हाे ।

    Screenshot_20231001-091727_Business Suite.jpg

    त्रिभुवन विश्वविद्यालय इतिहास विभागका प्रा.डा. बद्रिनारायण गौतमद्वारा प्रस्तुत कार्यपत्रमा सुदूरपश्चिम विश्वविद्यालय विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहाय डिन डा. मदन सिंह देउपा र कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक डा.राजेन्द्रवीर चन्दज्यूले टिप्पणी गर्नु भएको थियो भने सुदूरपश्चिम विश्वविद्यालय मानविकी संकायका डिन प्रा.डा.मुकुन्द कलौनीले सत्रको अध्यक्षता गर्नुभएको थियो ।

    Screenshot_20231001-091713_Business Suite.jpg

    शिक्षा कार्यशालामा परिषद्का प्रदेश अध्यक्ष पृथ्वीराज अवस्थीको संयोजकत्वमा सम्पन्न कार्यशालामा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. अम्मराज जोशीको प्रमुख आतिथ्यता रहेको थियो भने परिषद्का राष्ट्रिय सह-संगठन सचिव रमेश कण्डेल, राष्ट्रिय सचिव दिवस पोख्रेल र सुप प्रदेश सह-सचिव विनिता कुँवरको विशेष उपस्थिति रहेको थियो ।

    Screenshot_20231001-091740_Business Suite.jpgScreenshot_20231001-091759_Business Suite.jpg

     

    images
    आइतवार, आश्विन १४ २०८००९:१९:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार