मंगलवार, आश्विन १६ २०८०
असोज, १६ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०/०८१ को परीक्षाको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यलयले कक्षा ११ र १२ को परीक्षाको वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिका अनुरुप कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि सम्बन्धित विद्यालयले बोर्डको वेभसाइडमा रहेको फाराम डाउनलाड गरी २०८० कार्तिक मसान्तभित्र रजिस्ट्रेसन आवेदन फाराम वितरण गर्ने ।
त्यसैगरी कक्षा ११ का विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन फाराम बापतको शुल्क सम्बन्धित विद्यालयले २०८० पौष १५ गतेसम्म बुझाउनुपर्ने छ । साथै विद्यार्थीले रजिस्ट्रेसन फाराम समेत सोही मितिभित्र भरिसक्नुपर्ने (रजिस्ट्रेसन बापतको शुल्क जम्मा गरेको बैंक भौचर (अनलाइन भुक्तानिको रसिद) पौष १५ गते भित्रको हुनुपर्ने विलम्ब शुल्क सहित रजिस्ट्रेसन आवेदन फाराम बापतको शुल्क बुझाउने अन्तिम म्याद २०८० पौष मसान्तसम्म हुने (विलम्ब शुल्क सहित रजिस्ट्रेसन बापतको शुल्क जम्मा गरेको भौचर ( अनलाइन भुक्तानिको रसिद) पौष मसान्त सम्मको हुनुपर्ने) ।
विद्यालयहरुले २०८० माघ १५ गतेभित्र Online Entry समेत गरी बोर्डका सम्बन्धित कार्यालयमा रजिस्ट्रेसन आवेदन फाराम (Softcopy Hardoopy दुवै बुझाउनुपर्ने विद्यार्थीको रजिस्ट्रेसन भर्न छुट हुन गई कुनै समस्या भएमा सो समस्याको जवाफदेही स्वयं विद्यालय हुनुपर्ने भएकोले कुनै कारणले पनि तोकिएको समयभित्र रजिस्ट्रेसन फाराम भर्न छुटाउन नहुने व्यहोरा सबै विद्यालयहरूले जानकारी गराएको छ।
त्यसैगरी २०८० फागुन १५ गतेभित्र सम्बन्धित विद्यालयहरूलाई ट्रिप्लिकेट सहित रजिस्ट्रेसनको अर्धकट्टी वितरण गर्ने उल्लेख छ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको २०८० पौष १ गतेबाट सम्बन्धित विद्यालयहरुलाई परीक्षा आवेदन फाराम वितरण गर्ने जानकारी दिएको छ। भने २०८० पौष १६ गतेदेखि माघ १५ गतेभित्र सम्बन्धित विद्यालय र कक्षा १२ सञ्चालन गर्ने क्याम्पसहरूले कक्षा ११ का पुरानो ग्रेडवृद्धि परीक्षार्थी र कक्षा १२ को नियमित तथा ग्रेडवृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भराउने (परीक्षा आवेदन फाराम बापतको रकम २०८० माघ १५ गतेसम्म अनिवार्य रूपमा बैंकमा दाखिला गरिसकेको हुनुपर्ने तथा Online मार्फत शुल्क दाखिला गर्ने व्यवस्था भएमा सो समेत २०८० माघ १५ गतेभित्र दाखिला गरी Online Payment को रसिद डाउनलोड गरी पेस गर्नुपर्नेछ ।
त्यसैगरी २०८० माघ १६ गतेदेखि २०८० माघ मसान्तभित्र सम्बन्धित विद्यालय / क्याम्पसहरूले विलम्ब शुल्क (दोब्बर दस्तुर सहितको परीक्षा आवेदन फाराम भराउने (बैंक भौचर २०८० माघ मसान्त सम्मको हुनुपर्ने विद्यालयहरुले २०८० फागुन १५ गतेसम्म Online Entry समेत गरी बोर्डका सम्बन्धित कार्यालयमा परीक्षा आवेदन फाराम (Softoopy र Hardoopy दुवै बुझाउनुपर्ने सुचनामा उल्लेख छ।
२०८१ साल वैशाख महिनामा सञ्चालन हुने कक्षा १२ का नियमित आशिक /ग्रेडवृद्धि एवं कक्षा ११ (पुरानो ग्रेडवृद्धि) परीक्षार्थीको वार्षिक परीक्षाको समय तालिका २०८० माघ मसान्तभित्र प्रकाशन गरिने छ। भने २००१ साल वैशाख महिनामा सञ्चालन हुने कक्षा १२ को वार्षिक तथा कक्षा ११ (आशिक /ग्रेडवृद्धि) परीक्षाको परीक्षा केन्द्र २०८० फाल्गुण मसान्तभित्र निर्धारण गरिने जानकारी दिएको छ।
बोर्डले जारी गरेको सूचना अनुसार २०८० चैत्र मसान्तभित्र विद्यालयहरुलाई विद्यार्थीहरूको प्रवेश पत्र तथा ट्रिप्लिकेट वितरण गरिने छ।
त्यसैगरी प्रयोगात्मक परीक्षा/आन्तरिक मूल्याङ्कनका लागि बोर्डबाट ब्याह्य परीक्षक खटाइने विषयहरूको प्रयोगात्मक परीक्षाको समय तालिका सम्बन्धित विद्यालय/ क्याम्पसहरूले तय गरी २०८० फाल्गुण मसान्तभित्र बोर्डका सम्बन्धित कार्यालयमा पेस गर्नुपर्ने छ । लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विषयगत रूपमा आन्तरिक मूल्याङ्कनमा न्यूनतम सी ग्रेड प्राप्त नगरेका विद्यार्थीले बोर्डबाट सञ्चालन हुने वार्षिक परीक्षामा सहभागी हुन नपाउने व्यवस्था भएको हुँदा कक्षा १२ को प्रयोगात्मक आन्तरिक मूल्याङ्कन २०८० चैत्र मसान्तभित्र सम्पन्न गरी/गराई परीक्षार्थीको नाम र रजिस्ट्रेसन नम्बर अनुसारको प्राप्ताङ्क २००१ साल वैशाख १५ गतेभित्र Online Entry गरी बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउनुपर्नेछ । कक्षा ११ को आशिक /ग्रेड वृद्धि परीक्षार्थी (रजिस्ट्रेसन नं का सुरुका दुई अंक ७६ भएका) को प्रयोगात्मक परीक्षा बाँकी भएको अवस्थामा समेत २०८१ वैशाख मसान्तभित्र अनिवार्य रूपमा प्रयोगात्मक परीक्षा सम्पन्न गरी २००१ जेठ १५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा प्राप्ताङ्क बुझाउनुपर्नेछ (प्रयोगात्मक आन्तरिक मूल्याङ्कनमा न्यूनतम सी ग्रेड प्राप्त नगर्ने विद्यार्थीहरुलाई वार्षिक परीक्षामा सहभागी नगराउनुहुन एवं यदि कुनै विद्यार्थीको प्रयोगात्मक/आन्तरिक अड्क प्राप्त हुन नआएमा निज विद्यार्थीको वार्षिक परीक्षाको प्रवेश पत्र रोक्का गर्ने÷गराउने व्यवस्था हुन समेत जानकारी गराइन्छ ।)
बोर्डले जारी गरेको सूचना अनुरुप कक्षा १२ को बार्षिक परिक्षा बैशाख महिनाको दोस्रो हप्ता देखि सञ्चालन गर्ने जानकारी दिएको छ।
त्यस्तै विद्यालयहरूले कक्षा ११ को वार्षिक परीक्षा २०८१ जेठ महिनाको पहिलो हप्तादेखि सञ्चालन गर्ने छन । त्यस्तै कक्षा ११ को ग्रेडवृद्धि परीक्षा (रजिस्ट्रेसन न. को सुरुको दुई अङ्क ७६ हुने परीक्षार्थी २००१ बैशाख महिनाको अन्तिम हप्तादेखि सञ्चालन हुने छन।
कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र सञ्चालन हुने ग्रेडवृद्धि (पूरक परीक्षा) संचालन हुने छ। कक्षा १२ को वार्षिक परीक्षाको नतिजा २००१ साउन तेस्रो हप्ताभित्र प्रकाशन हुने छ। भने कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा भाद्र महिनाको तेस्रो हप्ताभित्र प्रकाशन हुने जानकारी दिएको छ। त्यस्तै कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा परीक्षा सञ्चालन भएको मितिले ४५ दिनभित्र प्रकाशन हुने छ।
रापाबोले पुनर्योगका लागि निवेदन दिने समय – नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिइ सक्नुओअर्ने छ। भने पुनर्योगको नतिजा प्रकाशन– नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र (पहिलो चरणको नतिजा पूरक परीक्षा सञ्चालन हुनुभन्दा अगाडि ) सार्वजनिक गर्ने उल्लेख गरेको छ।
बोर्डका अनुसार रजिस्ट्रेसन आवेदन फाराम भर्ने बुझाउन २०८० भाद्र मसान्तभित्र समय तोकिएको छ भने २०८० असोज १५ गतेभित्र परीक्षा आवेदन फाराम भर्ने बुझाउनु पर्नेछ। बोर्डले २०८० असोज चौथो हप्तादेखि परीक्षा सञ्चालन गर्ने छ। त्यस्तै नतिजा प्रकाशन : २०८० कातिक तेस्रो हप्तासम्म र मौका परीक्षा सञ्चालन पूर्वावश्यक परीक्षाको नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र हुनेछ। मौका परीक्षाको नतिजा प्रकाशन भने परीक्षा सञ्चालन भएको मितिले १५ दिनभित्र हुने छ।
नोट : रजिस्ट्रेसन तथा आवेदन फाराम भर्नुभन्दा पहिले नै शुल्कमा कुनै थपघट वा सो सम्बन्धी निर्णयमा कुनै परिवर्तन भएमा सोही अनुसार जानकारी गराइनेछ ।

