बुधवार, आश्विन १७ २०८०
असोज, १७ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले स्नातक तह बि.ई./बि.आर्क. प्रवेश परीक्षा स्थगित गरेको छ। आइओई ले एक सूचना जारी गर्दै प्रवेश परीक्षा स्थगित भएको जानकारी दिएको हो।
इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यलय प्रवेश परीक्षा बोर्ड २०८०/८१ को पदाधिकारीहरुले मिति २०८० असोज १६ गते संयुक्त राजिनामा दिएको कारणले अर्को सुचना जारी नभएसम्म स्थगित गरिएको सुचनामा उल्लेख छ।
