Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षा विधेयक संशोधनको प्रस्ताव स्वीकृत

शिक्षा विधेयक संशोधनको प्रस्ताव स्वीकृत

  • 852
    SHARES

  • शिक्षा विधेयक संशोधनको प्रस्ताव स्वीकृत

    असोज, २१ काठमाडौं- विद्यालय शिक्षा विधेयक- २०८० माथि संशोधन गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। प्रतिनिधि सभाको आइतवारमो बैठकमा सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो।

    विधेयक स्वीकृत भएसँगै यस विधेयकमाथि ७२ घन्टाभित्र संशोधन दिन सकिने छ । ‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेश गर्न चाहनुहुने माननीय सदस्यहरूले ७२ घण्टाभित्र विधेयक शाखा, प्रतिनिधि सभा, संघीय संसद् सचिवालय सिंहदरबारमा दिन सक्नेछन्।

    यसअघि सांसदहरूले विधेयकमाथि सैद्धान्तिक छलफलमा उठाएका प्रश्नको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले आज जवाफ दिएका थिए।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार