Jul 27 2026 | २०८३, श्रावण ११ गते

पिएचडि फेस्टिवल हुँदै

पिएचडि फेस्टिवल हुँदै

  • 834
    SHARES

  • पिएचडि फेस्टिवल हुँदै

    असोज, २२ काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २ दिने पिएचडी फेस्टिवल आयोजना गर्ने भएको छ। संस्थानले आज २२ र २३ गते पीएचडी फेस्टिभल गर्ने भएको हो।

    पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पीएचडी अध्ययनरत शोधकर्ताहरुले प्रस्तुती दिने डीन प्रा.डा.विनिल अर्यालले जानकारी दिए ।

    संस्थानले पछिल्लो पाँच वर्षमा मात्रै महत्वपूर्ण अनुसन्धानमुलक लेखहरु प्रकाशन गरेको जनाएको छ । करिब तीन हजार साइटेसन नै रहेको डीन प्रा.डा.अर्यालको दाबी छ । डा. अर्यालका अनुसार विज्ञानका सबै विषयका शोधकर्ताबीच अनुभव साटासाट गर्ने अवसर प्राप्त हुने र एक अर्काको कुराहरु सुन्न सुनाउन पाउने भएकाले आपसमा सहकार्य गर्ने वातावरण निर्माण हुने बताए।

    फेस्टिभलमा पीएचडीको हरेक पक्षमा सैद्धान्तिक पक्ष, व्यवहारीक पक्षमा आलोचनात्मक छलफल हुने भएकोले यसले आगामी दिनमा थप प्रभावकारी अनुसन्धानको वातावरण बनाउने डीन अर्यालको दाबी छ ।

    संस्थानको १२ वटा प्राणीशास्त्र, वनस्पति विज्ञान, फुड टेक्नोलोजी लगायतका केन्द्रिय विभागमा ४५६ जना पीएचडी अध्ययनरत सबै जनाले २२ र २३ गते ‘पोस्टर प्रेजेन्ट’ गर्ने संस्थानले जनाएको छ । फेस्टिभलमा अरु विश्वविद्यालयका शोधकर्ताहरु पनि सहभागी हुने संस्थानले जनाएको छ ।

    त्रिविको अहिले विभिन्न शैक्षिक कार्यक्रममा पीएचडी गरिरहेका ८१३ जना मध्ये ४५६ जना विज्ञान तथा प्रविधि अध्ययन संस्थानको शोधकर्ता र १७३ जना पर्यवेक्षक रहेको डीन कार्यालयले जनाएको छ । सन् १९७० बाट पीएचडी शुरु गरेको संस्थानले अहिलेसम्म २६२ जनालाई पीएचडी अवार्ड गरिसकेको जनाएको छ ।

     

    images
    सोमवार, आश्विन २२ २०८००६:४०:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार