Oct 02 2026 | २०८३, आश्विन १६ गते

आज राष्ट्रिय शोक : सुदूरपश्चिम बिश्वबिद्धालयमा बिदा ।

आज राष्ट्रिय शोक : सुदूरपश्चिम बिश्वबिद्धालयमा बिदा ।

  • 665
    SHARES

  • आज राष्ट्रिय शोक  : सुदूरपश्चिम बिश्वबिद्धालयमा बिदा ।

    असोज, २३ काठमाण्डाै । इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएका १० जना नेपाली विद्यार्थीहरुको सम्झनामा सरकारले आज मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको छ । साेमवार बसेको मन्त्रिपरिषद् बैठकले आज राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।

    त्यसैगरी आफ्न १० जना विद्यार्थीहरुले ज्यान गुमाएको दु:खद अवस्थामा सुदूरपश्चिम बिश्वबिद्धालयले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    FB_IMG_1696892586583.jpg

    सुदूरपश्चिम बिश्वबिद्धालय कृषिबिज्ञान संकाय बाट इजरायल सरकारको Learn amd Earn कार्यक्रममा इजरायलमा अध्ययनको लागि गएका ४९ जना विद्यार्थीहरु मध्य हमास समुहको आक्रमणमा परि १० जना विद्यार्थीहरुको दु:खद निधन भएको प्रति नेपाल सरकारले राष्ट्रिय शोक घोषणा गरेको र परिप्रेक्ष्यमा बिश्वबिद्धालयका सम्पुर्ण निकायहरुमा शोक शभा आयोजना गरि शोक बिदा दिने निर्णय गरेको छ।

    FB_IMG_1696892134484.jpg

    त्यसैगरी नेपाल सरकार मन्त्री परिषदको बैठकले हमास आक्रमणमा परि मृत्यु भएका विद्यार्थीहरुको परिवारलाई १०–१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। भने इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई नेपाल एयरलाइन र हिमालयन एयरलाइन्सको विमान चार्टर पठाएर स्वदेश ल्याउने पनि निर्णय गरेको छ। 

    FB_IMG_1696892191999.jpg

    त्यसैगरी हमासको आक्रमणपछि बंकरमा बसेर जीवन रक्षा गरिरहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित स्थानतर्फ लगेको छ ।

    इजरायलमा रहेका लुईस रिजालले सामाजिक सञ्जालमार्फत त्यहाँको सेनाले सुरक्षित स्थानतर्फ लगेको बताएका छन् ।आफूहरुको उद्धार भइसकेको र सबैले खाने कुरा पनि पाएको उनले बताएका छन् ।

    FB_IMG_1696891783899.jpg

     

    images
    मंगलवार, आश्विन २३ २०८००५:१०:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार