Jul 27 2026 | २०८३, श्रावण ११ गते

एनप्याब्सन काठमाडौ जिल्लाको पदस्थापन, दशै मिलन, तथा एसईई सम्मान कार्यक्रम सम्पन्न

एनप्याब्सन काठमाडौ जिल्लाको पदस्थापन, दशै मिलन, तथा एसईई सम्मान कार्यक्रम सम्पन्न

  • 778
    SHARES

  • एनप्याब्सन काठमाडौ जिल्लाको पदस्थापन, दशै मिलन, तथा एसईई सम्मान कार्यक्रम सम्पन्न

    असोज, २३ काठमाडौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिसन नेपाल (नेशनल प्याबसन) काठमाडौँ जिल्ला समितिको आयोजनामा नब निर्बाचित समितिको पदस्थापन, दशैँ मिलन तथा एसईई सम्मान कार्यक्रम सम्पन्न भएको छ। हिजो धुम्बाराहिको एक पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

    उक्त कार्यक्रम नेशनल प्याब्समका काठमाडौ जिल्ला अध्यक्ष अमृत खड्काको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेल प्रमुख अतिथी र पुर्व अध्यक्ष कर्ण बहादुर शाही, उपाध्यक्ष डम्मर बिष्ट, उपमहासचिव प्रकाशचन्द्र खड्का, निवर्तमान अध्यक्ष खडक बहादुर बस्नेत, लगाएत केन्द्रिय सदस्य, नगर अध्यक्षहरु लगाएत विभिन्न बिद्यालय/कलेजका संचालक, शिक्षक, र विद्यार्थीको विशेष उपस्थिति रहेको थियो।

    उक्त कार्यक्रमको संचालन जिल्ला सचिव रामबाबु सेढाइले गर्नुभयो भने वरिष्ठ उपाध्यक्ष होम बहादुर अधिकारी मनोजले स्वागत मन्तव्य दिनुभएको थियो।

    FB_IMG_1696902671491.jpg

    कार्यक्रममा एसईई उत्कृष्ट नतिजा हासिल गरेका विभिन्न स्कुलका विद्यार्थीहरुलाई Token Of Felicitations सहित अभिनन्दन गरेको थियो। त्यस्तै जिल्ला भरिमा विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गर्न अत्यन्तै लगनशील भएर पढाउने शिक्षकहरुलाई सम्मान गरिएको थियो।

    IMG-c4cb27cbfaa81c08b44f476166c331cb-V.jpg

    उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले शिक्षा क्षेत्रमा समस्या रहेको र यसलाई समाधान गर्न सकिने धारणा ब्यक्त गर्नुभयो । उहाँले शिक्षा क्षेत्रमा भएको समस्या एनप्याबनको मात्रै नभई राष्ट्रिय समस्या भएको धारणा व्यक्त गरे। संबिधानमा लेखिएको तीन खम्बे (निजि, सहकारी र सार्वजनिक) अर्थनीतिको सम्मान गर्नुपर्छ। सार्वजनिक तथा सामुदायिक, निजि तथा ससंथागत बिद्यालय र सार्वजनिक शैक्षिक गुठी अन्तर्गतका बिद्यालय तीन वटैलाई समान ब्यबाहार गर्नुपर्ने र त्यही अनुरुप शिक्षा बिधेयक ल्याउनुपर्ने आजको आवस्यकता हो भन्दै उहाँले निजी शिक्षण संस्थामा लगानी गर्ने लगानिकर्ताहरुको संरक्षण गर्नुपर्ने बताउनुभयो।

    FB_IMG_1696902677315.jpg

    उक्त कार्यक्रममा एनप्याब्सनका पुर्व अध्यक्ष कर्ण बहादुर शाहीले शिक्षक सडकमा आउनुपर्ने बाध्यता शिक्षा क्षेत्रको सबैभन्दा दुरावस्था भएको भन्दै शिक्षकहरुलाई सम्मान गर्दै आजको युग सुहाउँदो शिक्षा ऐन बन्नुपर्ने बताउनुभयो । एक अर्को सन्दर्भमा उहाँले संगठन भित्र महादिवेशनमा भएको सहमती कार्यन्वयन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

    FB_IMG_1696902679570.jpg

    कार्यक्रममा एनप्याब्सका उपमहासचिव प्रकाश खड्काले विद्यार्थीहरु उत्कृष्ट हुनु शिक्षकको मुख्य देन रहेको भन्दै शिक्षकलाई अपमान र अवमूल्यन गर्न नहुने बताउनुभयो। त्यसैगरी शिक्षाले देशको भाषा र संस्कृतिमाथि भएको अतिक्रमण रोक्नुपर्ने बताउनुभयो। उहाँले नेपाली भाषा र संस्कृतिलाई ध्वस्त बनाउने काम निजि शिक्षण संस्थाको भन्ने आरोप लाग्दै आएको कुरा गलत भएको भन्दै त्यसको मुख्य दोषी राजनितिकर्मी भएको बताउनुभयो। त्यसैगरी उहाँले अवको शिक्षा हामिलाई कस्तो जनशक्ति चाहिन्छ त्यो अनुरुप उत्पादन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो।

    FB_IMG_1696902683822.jpg

    त्यसैगरी कार्यक्रममा पुर्व अध्यक्ष खडक बहादुर बस्नेतले काठमाडौ जिल्ला अधिवेशन पछिको पहिलो कार्यक्रमले संथागत बिद्यालयहरुको बिचमा आफ्नो गतिविधि अघि बढाएकोमा धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले आफ्नो बिद्यालय आफैले बनाउने हो तर यो ठाउँमा आएर दु:खसुख साँट्ने हो भन्दै व्यावसायिक हक हितको लागि एनप्याब्सन एकठाउँमा आउनुपर्ने बताउनुभयो। सफल हुनको लागि कार्यकाल बिताउने मात्रै होइन कसरी आफ्नो टिमलाई लैजान्छन र के के काम गर्छन भन्ने मुख्य कुरा भएको भन्दै त्यो अनुरुप अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

    FB_IMG_1696902687364.jpg

    कार्यक्रमको अन्त्यमा सभापति तथा काठमाडौ जिल्ला अध्यक्ष अमृत खडकाले सबैको भावनालाई समेट्दै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

    FB_IMG_1696902746032.jpg

    कार्यक्रममा आउदै गरेको महान चाड बडादशै, तिहार तथा छ्टको शुभकामना साँटासाट गरिएको थियो।

    FB_IMG_1696902696831.jpgFB_IMG_1696902699324.jpgIMG-3a2e57395a42c397ff8440403b0624f7-V.jpgFB_IMG_1696902737931.jpgFB_IMG_1696902740675.jpgFB_IMG_1696902728701.jpgFB_IMG_1696902710350.jpgFB_IMG_1696904269850.jpg20231009_173427.jpgFB_IMG_1696891428864.jpg

     

    images
    मंगलवार, आश्विन २३ २०८००७:५३:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार