बुधवार, कार्तिक १५ २०८०
कार्तिक १५ काठमाडौं । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले विशेष कारणको अवस्थामा रहेका शिक्षकको व्यवस्थापन सम्बन्धी निर्देशिका - २०८० सार्वजनिक गरेको छ ।
मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई विशेष कारणले अन्य विद्यालयमा काम काज गर्न खटाउनु पर्ने भएकोमा त्यस्तो अवस्थाको आधार पहिचान तथा विश्लेषण गर्न विशेष कारण सम्बन्धी विषयलाई व्यवस्थित, अनुमानयोग्य वस्तुनिष्ठ र वास्तविकतामा आधारित बनाउन र न्यूनतम तथा अधिक सेवा अवधिको कारण विशेष कारणबाट प्राप्त गर्ने सुविधामा सहजीकरण गर्न तथा शिक्षकको कामकाज तथा स्थानान्तरण सम्बन्धी कार्यलाई व्यवस्थित निर्देशिका जारी गरिएको बताइएको छ ।
त्यसैगरी मन्त्रालयले शिक्षा ऐन, २०२८ को दफा १९ क तथा शिक्षा नियमावली २०५९ को नियम १९२ को खण्ड (ङ) ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका बनाई लागु गरेको उल्लेख गरेको छ।



