बिहिवार, कार्तिक १६ २०८०
२०८० कार्तिक १६ गते कैलाली । जिल्लाको धनगढी उप-महानगरपालिकाले पुल दरबन्दीका शिक्षकको पदस्थापनाका लागि दरखास्त आह्वान गरेकोछ। उपमहानगरले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
नगर शिक्षा समितिको मिति २०८० कार्तिक १५ गते बसेको बैठकको निर्णय अनुरुप धनगढी उप-महानगरपालिका क्षेत्रभित्रका समुदायमा आधारित बालबिकास केन्द्र र सामुदायिक बिद्यालयको शिक्षक दरबन्दी मिलान गर्दा पुल दरबन्दी कायम हुन गई उक्त पुल दरबन्दीमा रहन गएका शिक्षकहरुलाइ दरबन्दी थप हुने बिद्यालयहरुमा पदस्थापना भई जानको लागी दर्खास्त आह्वान गरेको सुचनामा उल्लेख छ।
धनगढी उप-महानगरपालिकाको बिद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान नियमावली २०८० को नियम १० को खण्ड घ बमोजिम मिति २०८० कार्तिक १६ गते देखि २० गते सम्म दरबन्दी थप हुने विद्यालयमा पदस्थापना भई जानका लागि दरखास्त आह्वान गरिएको सूचना बमोजिम पेश गर्नुपर्ने छ ।
बिद्यालय छनौट फारम कार्यलयको वेबसाईट www.dhangadimun.gov.np वा फेसबूक पेज शिक्षा युवा तथा खेलकुद महाशाखा धनगढी उप-महानगरपालिका बाट बिद्यालय प्राप्तगरी कार्यलयको इमेल edu.dhangadi@gmail.com मा पेश गर्न सकिने उल्लेख गरेको छ।









