शुक्रवार, कार्तिक १७ २०८०
कार्तिक, १७ गते काठमाडौ । काठमाडौं महानगरपालिकाले प्रधानाध्यापक र श्रोत शिक्षक पदका लागि दर्खास्त आह्वान गरेको छ। महानगरले पाँचवर्षका लागि करारमा प्रधानाध्यापक र स्राेत शिक्षकहरुका लागि दरखास्त आह्वान गरेको हो।
काठमाडौ महानगरपालिका शिक्षा ऐन २०७५ (संशोधन) सहितको दफा २९क बमोजिमको सामुदायिक विद्यालयहरुमा पाँचवर्षका लागि करारमा प्रधानाध्यापक र छनोट गरिने भएकोले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि २०८० बमोजिम दर्खास्त आव्हान गरिएको सूचनामा उल्लेख छ।
साथै काठमाडौं महानगरपालिकाकाे स्रोत शिक्षक ब्यबस्थापन कार्यविधि २०८० बमोजिम महानगरपालिकाको शैक्षिक निति, योजना र कार्यक्रम प्रभावकारी रुपमा कार्यन्वयन गरि विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि र गुणस्तर सुधारका लागि बिद्यालयलाई प्राबिधिक सहयोग गर्न स्रोत शिक्षक आवस्यकता भएकोले दर्खास्त आव्हान गरिएको सुचनामा उल्लेख छ।
प्रधानाध्यापकका लागी सम्बन्धित तहमा कम्तिमा ५ बर्ष स्थायी सेवा अवधी भएको शिक्षकले दर्खास्त दिअ सक्ने छन। निवेदनका २०८० मंसिर १ गते सम्म समय दिइएको छ। भने बिद्यालय बिकास प्रस्ताव पेस गर्ने अन्तिम मिति २०८० मंसिर ८ गते तोकिएको छ।
त्यसैगरी श्रोत शिक्षकका लागी शिक्षाशात्र संकायमा कम्तिमा स्नातकोत्तर अध्ययन गरेको र काठमाडौ महानगरपालिका भित्र माध्यामिक तहमा कम्तिमा ५ बर्ष स्थायी सेवा अवधी भएको शिक्षकले मिति२०८० मंसिर १ गते सम्म आवेदन दिन सक्ने छन।








