Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सनले भुकम्प पिडितका लागि २५ लाख बराबर रकम सहयोग गर्ने।

प्याब्सनले भुकम्प पिडितका लागि २५ लाख बराबर रकम सहयोग गर्ने।

  • 461
    SHARES

  • प्याब्सनले भुकम्प पिडितका लागि २५ लाख बराबर रकम सहयोग गर्ने।

    कार्तिक, २० काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ बराबरको राहत रकम सहयोग घोषणा गरेको छ ।

    प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले एक बिज्ञपति जारी गर्दै जाजरकोट, पश्चिम रुकुम लगायतका जिल्लामा गएको भूकम्पका कारण पीडित भएकाहरूलाई प्याब्सन सदस्य विद्यालयहरूबाट २५ लाख रुपैयाँ बराबरको राहत सङ्कलन गरि वितरण गर्ने घोषणा गरिएको हो ।

    साथै प्याब्सन केन्द्रिय समितिका तर्फबाट सम्बन्धित क्षेत्रका बिद्यालय, विद्यार्थी, शिक्षक-कर्मचारीहरुमा भएको धनजनको क्षतिको विवरण संकलन गरि यथा सिघ्र केन्द्रिय कार्यसमितिमा बिबरण सम्प्रेषण गर्नका लागि केन्द्रिय उपाध्यक्ष नैन सिंह खत्रीलाई जिम्मेवारी दिएको छ।

    त्यस्तै राहत सहयोग सङ्कलनमा सहयोग गर्न समेत सबै प्रदेश समितिलाई निर्देशन दिएको छ । घाइतेहरूको उपचारका लागि आवश्यक औषधी तथा बसोबास र खाद्यान्नको उचित व्यवस्थापन मिलाउन सरकारसँग सहकार्य गर्ने जनाएको छ ।

    Screenshot_20231105-211656_Facebook.jpg

    images
    सोमवार, कार्तिक २० २०८००७:३३:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार