बिहिवार, कार्तिक २३ २०८०
कार्तिक, २३ काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योग (ग्रेडवृद्धि/पुरक) परीक्षाको नतिजा प्रकाशित गरेको छ । बोर्डले गत असोज ९ र १० गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
राष्ट्रिय बोर्डले सञ्चालन गरेको नियमित परीक्षामा सहभागी भई सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम ग्रेड D वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी एनजी प्राप्त गर्ने विद्यार्थीका लागि परीक्षा सञ्चालन गरेको थियो । कुनै दुई विषयमा एनजी भएका वा अनुपस्थित भएका परीक्षार्थीहरूका लागि दुई विषयमा ग्रेडवृद्धि सहभागी हुन पाउने व्यवस्था छ ।
ग्रेडबृद्धी परीक्षामा १ लाख २२ हजार विद्यार्थी मध्ये १ लाख १७ हजार विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए। जसमध्ये ग्रेड प्राप्त गर्ने परिक्षार्थिहरुको संख्या ७५.४५ प्रतिशत अर्थात ८८ हजार ९४७ जना रहेका छन । जसमध्ये वाट बोर्डले परिक्षामा अमर्यादित कार्य गर्ने १५ जनाको परिक्षा नै रद्द गरेको छ ।
साथै नतिजामा आफुले आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे १५ दिन भित्र अर्थात मंसिर ८ गते भित्र राष्ट्रिय परीक्षा बोर्डको कार्यलयमा निवेदन दिन सकिने उल्लेख छ।
