शुक्रवार, कार्तिक २४ २०८०
कार्तिक, २४ गते काठमाडौ ।राष्ट्रिय परिक्षा बोर्डको परिक्षा नियन्त्रण कार्यलय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) -२०८१ को लागि रजिस्ट्रेसन फारम भर्न आवेदन खुला गरेको छ। बोर्डले कक्षा १० को परिक्षामा सहभागी हुन शैक्षिकसत्र २०८० मा काक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई २०८१ को एसईई मा समावेस हुनका लागि रजिस्ट्रेसन फारम भर्न आवेदन खुला गरेको हो।
रजिस्ट्रेसन फारमका लागी मिति २०८० कार्तिक २४ गतेदेखि मङ्सिर मसान्तसम्म दिन सकिने बोर्डले जनाएको छ। मङ्सिर मसान्तसम्म फाराम भर्दा ३०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्म रु. ६०० रुपैयाँ तोकिएको छ।
