Jul 27 2026 | २०८३, श्रावण ११ गते

देशभर ४ हजार ३२५ शिक्षक दरबन्दी रिक्त (विवरण सहित)

देशभर ४ हजार ३२५ शिक्षक दरबन्दी रिक्त (विवरण सहित)

  • 1.5K
    SHARES

  • देशभर ४ हजार ३२५ शिक्षक दरबन्दी रिक्त (विवरण सहित)

    मंसिर, ६ काठमाडाैँ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले देशभर ४ हजार ३२५ शिक्षक दरबन्दी रिक्त रहेको बिवरण जनाएको छ। केन्द्रले सुचना मार्फत बिवरण सार्वजनिक गर्दै २०८० चैत मसान्तसम्म देशभर प्रावि, निमावि र माविमा गरि उक्त दरबन्दी रिक्त रहेको जनाएको हो।

    त्यसैगरी शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले रिक्त दरबन्दीकाे विवरण एकिन गर्न ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन समेत दिएकाे छ।

    शिक्षक सेवा आयोग मार्फत विज्ञापनको लागि केन्द्रमा प्राप्त भएकोमा विवरण संशोधन गर्नुपर्ने भए कारण सहित ७ दिन भित्र  केन्द्रमा पठाउन निर्देशन दिएको छ । साथै विवरण पठाउन बाँकी जिल्लाहरुले यसै सूचनालाई आधार मानी तोकिएको मितिभित्र बिवरण पठाउन भनेको छ।

    पुनश्च विवरण प्राप्त नभए वा तोकिएको समयभित्र संसोधनको विवरण प्राप्त नभए यसै विवरणको आधारमा रिक्त विवरण शिक्षक सेवा आयोगलाइ पठाइने र पछि संशोधन नहुने सुचनामा उल्लेख गरेको छ।

    विवरण क्लिक गर्नुस ।

    FB_IMG_1700635504827.jpgFB_IMG_1700635507391.jpgFB_IMG_1700635509188.jpg

    images
    बुधवार, मंसिर ६ २०८००७:४५:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार