Jul 27 2026 | २०८३, श्रावण ११ गते

तलब नपाए मंसिर १० देखि विद्यालय बन्द गर्ने चेतावनी

तलब नपाए मंसिर १० देखि विद्यालय बन्द गर्ने चेतावनी

  • 700
    SHARES

  • तलब नपाए मंसिर १० देखि विद्यालय बन्द गर्ने चेतावनी

    मंसिर, ८ अछाम । नेपाल शिक्षक महासंघ कमलबजार नगर समितिले शिक्षकहरूले साउन देखि यताको तलब नपाएपछि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।

    महासङ्घले आज कमलबजार नगरपालिका प्रमुखलाई पत्र लेख्दै नगरभित्रका सम्पूर्ण शिक्षक कर्मचारीहरूको आर्थिक वर्ष २०८०/०८१ को साउन देखि मासिक तलब भत्ता नपाएको भन्दै मंसिर १० गते देखि विद्यालय बन्द गर्ने चेतावनी दिएको हो ।

    नेपाल शिक्षक महासङ्घले पटक–पटक तलब भत्ता निकासाका लागि नगरपालिकालाई अनुरोधका साथ ज्ञापन पत्र बुझाउँदा पनि हालसम्म नगरपालिकाबाट कुनै सुनुवाइ नभएकाले विद्यालय बन्द गर्न बाध्य भएको जनाएको छ ।

    FB_IMG_1700832737587.jpg

    images
    शुक्रवार, मंसिर ८ २०८००७:२६:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार