शुक्रवार, मंसिर ८ २०८०
मंसिर, ८ । महोत्तरीमा शिक्षकद्वारा सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। जिल्लाको गौशाला नगरपालिका– ५ स्थित गौशाला एकेडेमीका शिक्षक जुगलकिशोर साहले बाकिला बलात्कार गरेको हुन।
हाल शाहलाई प्रहरीले पक्राउ गरेको छ। गौशाला– ११ बटौवा टोल बस्ने ३३ वर्षीय साह निजि विद्यालय सञ्चालकसमेत हुन्। साहले बिहीबार टिफिन समयमा ललाइफकाई विद्यालय भवनको छतमा लगी बलात्कार गरेको बताइएको छ।
अभिभावकले छोरी बिरामीजस्तो देखेपछि सोधपुछ गर्दा घटना बाहिरिएको र शुक्रबार बिहान इलाका प्रहरी कार्यालय गौशालामा घटनाबारे जानकारी गराएका थिए।
घटनाबारे जानकारी पाएलगत्तै आरोपी साहलाई पक्राउ गरी पीडित पक्षको जाहेरीको आधारमा मेडिकल जाँचसमेत गराई मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए। प्रहरीले जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर घटनाको अनुसन्धान अघि बढाएको छ