शनिवार, मंसिर ९ २०८०
मंसिर ९ काठमाडौ । मनास्लु पब्लिक स्कुलले 'मनास्लु मेला ' आयोजना गरेको छ। काठमाडौको नयाँबजार स्थित उक्त स्कुल/कलेजले शनिवार बिशेष कार्यक्रमको बीच मेलाको आयोजना गरेको हो।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजना र बिद्यालयको संयोजनमा मेला आयोजना गरिएको मनास्लुका कार्यकारी निर्देशक जेबि डवाडीले बताउनुभयो। उहाँले प्रोग्रेसिभ लर्निङ (Progressive Learning) अन्तर्गत सिकाइलाई शिक्षक र अभिभावकहरुको अगाडि प्रस्फुटन गर्ने र यसलाई मेलाको रुपमाआयोजना गरेर मनोरञ्जनात्मक रुपमा आफ्नो प्रतिभाहरुको प्रस्फुटन गर्ने मेलाको मुख्य उदेश्य रहेको बताउनुभयो।

विशेष गरी कक्षा १२ का H.M. (Hotel Management) पढ्ने विद्यार्थीहरुले मेलामा विभिन्न फूड स्टलहरुमार्फत विभिन्न परिकारहरु पकाएर प्रदर्शन गरेका थिए भने मेलामा विद्यार्थीहरुले विभिन्न किसिमका खेलहरु खेलाउनुका साथै विद्यार्थीहरुले बनाएका चित्रहरु, फुलहरु प्रदर्शनीमा राखिएका थिए । मेलामा विद्यार्थीहरुले गीत गाएर आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए ।

स्कुलकि प्रिन्सिपल सुचिता शाक्यका अनुसार मेलामा विभिन्न किसिमका रमाइलो हुने खेलहरु खेलाउन टिकटको ब्यवस्था साथै विभिन्न किसिमका परिकारहरु खाए बापत शुल्क लिएको,र उक्त शुल्क मार्फत विद्यार्थीहरुले आगामी दिनमा गर्ने सामुदायिक कार्यहरु (Community Works)को लागि फन्डिङ गर्ने उदेश्य रहेको बताउनुभयो।

मेला मनास्लु एजुकेशन इन्स्टिट्युट (Manaslu Educational Institute) प्रा.लि.का अध्यक्ष हरिप्रसाद भट्टले उद्घाटन गर्नुभयो भने कार्यक्रममा स्कुल कलेजका कार्यकारी निर्देशक जेबि दवाडी, प्रिन्सिपल सुचिता शाक्य लगाएत शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो। साथै शनिवार बिदाको दिन रहेकोले विभिन्न स्कुलका विद्यार्थीहरु समेत सहभागी रहेका थिए। कार्यक्रम बिहान ११:०० बजे देखि दिउँसो ४:०० बजे सम्म आयोजना गरिएको थियो ।









