Oct 02 2026 | २०८३, आश्विन १६ गते

स्थायी शिक्षक बिदेसिएपछि आफै पढाउदै अध्यक्ष ।

स्थायी शिक्षक बिदेसिएपछि आफै पढाउदै अध्यक्ष ।

  • 774
    SHARES

  • स्थायी शिक्षक बिदेसिएपछि आफै पढाउदै अध्यक्ष ।

    मंसिर, १० । मोरङ्गको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक बिदेसिएपछी व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द भण्डारी आफैं विद्यार्थीहरुलाई अध्यापन गराउन थालेका छन् । विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भुपराज अधिकारीले स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीहरुको पठनपाठनमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म भण्डारीले आफैं अध्यापन गर्न थालेका हुन् ।

    अध्यक्ष भण्डारी सोही विद्यालयका पूर्व प्रधानध्यापक समेत हुन् । लामो समय सोही विद्यालयमा अध्यापन गराएका उनी सेवानिवृत्त भएपछि सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनेका थिए ।

    शिक्षक भूपराज अधिकारीसँगै उनकी श्रीमती भारती अधिकारी पनि बेलबारी ३ मा रहेको भगवती माविमा निम्न माध्यमिक तह विज्ञान दरबन्दीको शिक्षक थिइन् । उनी पनि शिक्षण पेसाबाट राजीनामा दिएर श्रीमान्सँगै वैदेशिक रोजगारीमा गइन् । 

    व्यवस्थापन समितिको अध्यक्ष भएपछि पनि उनले विद्यार्थीको पठनपाठनमा कुनै बाधा नपुगोस् भनेर अध्यापन गराएको बताए । 

    शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टङ्कप्रसाद गौतमका अनुसार स्थानीय पालिका तथा उक्त विद्यालयबाट शिक्षक मागसम्बन्धी कुनै पनि पत्र नआएको, शिक्षक मागसम्बन्धी पत्र आएमा कार्यालय शिक्षक तुरुन्तै पठाउन तयार रहेको बताए ।

     

    images
    आइतवार, मंसिर १० २०८००७:४५:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार