Jul 27 2026 | २०८३, श्रावण ११ गते

निमावि लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक :१ लाख ५१ हजारमा १३ हजारमात्रै उत्तीर्ण । (नतिजा सहित)

निमावि लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक :१ लाख ५१ हजारमा १३ हजारमात्रै उत्तीर्ण । (नतिजा सहित)

  • 1.7K
    SHARES

  • निमावि लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक :१ लाख ५१ हजारमा १३ हजारमात्रै उत्तीर्ण । (नतिजा सहित)

    मंसिर, २१ गते काठमाडौँ । शिक्षक सेवा आयोगले निमावि तह अध्ययन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मिति २०८० कार्तिक १८ गते लिइएको निम्नमाध्यमिक तहको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो । 

    शिक्षक सेवा आयोग द्वारा सार्वजनिक गरिएको नतिजा अनुसार निमावि तह लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा १३ हजार ७ अर्थात ८.६१ प्रतिशत परिक्षार्थी परीक्षा  उत्तीर्ण  गरेका छन् । 

    जसअनुसार कोशी प्रदेशबाट २४ हजार ३९ परीक्षा सहभागी भएका मध्य २ हजार १३० जना उत्तीर्ण  भएका छन् । मधेस प्रदेशबाट २२ हजार ८५५ परीक्षार्थीले परीक्षा दिएका मध्यबाट १ हजार ६१४ जना उत्तीर्ण भएका छन् । त्यसैगरी बागमती प्रदेशबाट १७ हजार ६५१ जनाले परीक्षा दिएका मध्य २ हजार २ जना पास भएका छन् । भने गण्डकी प्रदेशमा ११ हजार ८९७ जनाले परीक्षा दिएकोमा १ हजार १५२ जना उत्तीर्ण  भएका छन् । 

    त्यस्तै लुम्बिनी प्रदेशमा २९ हजार २३० जनाले परीक्षा दिएकामध्य २ हजार ८६३ जना उत्तीर्ण  भएका छन् । कर्णाली प्रदेशबाट २४ हजार १५४ जनाले परीक्षा दिएकोमा १ हजार ५७४ जना उत्तीर्ण  भएका छन् । र सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ६७२ जना उत्तीर्ण  भएका थिए । 

    Polish_20231128_191804428.jpg

    शिक्षक सेवा आयोगले तोकेको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रबाट परीक्षा दिएका, परीक्षा केन्द्रबाट कैफियत जनाई रद्द गर्ने भनी उल्लेख गरी आएका र परीक्षाको मर्यादा विपरीत कार्य गर्ने उम्मेदवारहरूको परीक्षा रद्द गरेको थियो ।

    आयोगले परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको अनलाइन फाराम भर्दा आफ्नो नाम थर, बाबुको नाम, नागरिकता नम्बर र स्थायी ठेगाना फरक परेको भएमा मंसिर २७ गतेभित्र सच्याउन समय दिएको छ ।

    साथै अध्यापन अनुमतिपत्रमा आफ्नो विवरण फरक परेमा नतिजा प्रकाशन भएको एक वर्षभित्र सच्याई सक्नु पर्ने आयोगले जनाएको छ । त्यसपछि विवरण सच्याउन नपाइने आयोगले जनाएको छ । 

    परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको अध्यापन अनुमतिपत्र वितरण कार्य परीक्षामा सहभागी भएकै जिल्लाको शिक्षा विकास समन्वय इकाइबाट हुने आयोगले जनाएको छ ।

    आयोगद्वारा सार्वजनिक गरिएको नतिजा आयोगको वेबसाइट www.tsc.gov.np मा गएर अर्थात एसएमएसबाट समेत हेर्न सकिने आयोगले जनाएको छ ।

    FB_IMG_1701166213795.jpg

    images
    मंगलवार, मंसिर १२ २०८००६:५८:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार