Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालय शिक्षा बिधेयक- २०८० छलफलका लागि समितिमा पठाइयो

विद्यालय शिक्षा बिधेयक- २०८० छलफलका लागि समितिमा पठाइयो

  • 870
    SHARES

  • विद्यालय शिक्षा बिधेयक- २०८० छलफलका लागि समितिमा पठाइयो

    मंसिर, १५ काठमाडौँ । शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बिद्यालय शिक्षा विधेयक २०८० छलफलका लागि समितिमा पठाइएको छ । प्रतिनिधि सभा संसदमा संशोधनका लागि दर्ता भएका प्रस्तावहरू संसद सचिवालयले छलफलका लागि शिक्षा प्रतिनिधि सभा, शिक्षा, स्वास्थ्य तथा सुचाना प्रविधि समितिमा पठाएको हो ।

    यसअघि भदौँ २१ गते बिहिवार बसेको मन्त्रीपरिषद् बैठकले विद्यालय शिक्षा ऐन विधेयक संसदमा पेस गर्ने निर्णय गरेसँगै सङ्घीय संसद सचिवालयमा भदौँ २६ गते शिक्षामन्त्री अशोक राई पेस गरेका थिए । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८०’ माथि १ सय ५४ वटा भन्दा बढी संशोधन प्रस्ताव दर्ता भएका थिए ।

    सचिवालय स्रोतका अनुसार संशोधनका लागि दर्ता भएका प्रस्तावहरूलाई कम्पाएल गरी बिहिबार समितिमा पठाइएको र संसद सचिवालयबाट आएको कम्पाएललाई समितिले संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग साथै सरोकारवालाहरूसँग दफावार छलफल गरेर प्रतिवेदन सभामुखलाई पठाएपछि प्रतिनिधि सभामा लगिने बताएको छ ।

    स्रोतले भन्यो ‘समितिले प्रस्तावक सांसद तथा सरोकारवालाहरूसँग छलफल गर्ने र सुझाब सहितको प्रतिवेदन सभामुखलाई पठाएपछि प्रतिनिधि सभामा प्रस्तुत गरिने छ । त्यस पछि ऐन पास वा फेल के हुन्छ प्रतिनिधि सभाले नै निर्धारण गर्ने छ ।’

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अब बस्ने प्रतिनिधि सभाको बैठकमा राख्ने गरी छलफल गरेर प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिएका छन् ।

    images
    शुक्रवार, मंसिर १५ २०८००८:१३:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार