Oct 02 2026 | २०८३, आश्विन १६ गते

माग पूरा नभए दिक्षान्त समारोह गर्न नदिने : त्रिवि कर्मचारी संघ।

माग पूरा नभए दिक्षान्त समारोह गर्न नदिने : त्रिवि कर्मचारी संघ।

  • 749
    SHARES

  • माग पूरा नभए दिक्षान्त समारोह गर्न नदिने : त्रिवि कर्मचारी संघ।

    मंसिर, २० काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले बिश्वबिद्धालय संग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग पूरा नगरे दिक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ। संघले आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको हो ।

    गत सोमबार उपकुलपति प्राडा शिवलाल भुषालसमक्ष ३ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको थियो ।ज्ञापनपत्रमा माग पूरा नभए त्रिविको सबै निकायको प्रशासनिक र शैक्षिक कार्यक्रम ठप्प पार्ने चेतावनी पनि दिइएको छन्।

    संघका अध्यक्ष छत्रबहादुर कार्कीसहितको पदाधिकारीले सोमबार साँझ उपकुलपति प्राडा शिवलाल भुषालसमक्ष ज्ञापनपत्र बुझाएका थिए । 

    ज्ञापनपत्रमा लामो समयदेखि ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीको स्थायित्वको प्रक्रिया अघि नबढेको, पदोन्नतिको अवसर अवरुद्ध भएको, नियमित विज्ञापन नहुँदा जनशक्तिको अभावमा दैनिक प्रशासन सञ्चालनमा अवरोध सिर्जना भएको, पछिल्लो समय कर्मचारीले खाइपाइ आएको प्रोत्साहन पारिश्रमिक पूर्ण रूपमा कटौती भएकोलगायतका विषय उल्लेख छन् ।

    त्रिभुवन बिश्वबिद्धालयले आगामि पुस २ गते ४९औं दीक्षान्त समारोहको आयोजना गर्दैछ ।

     

    images
    बुधवार, मंसिर २० २०८००८:०२:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार