Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा ११ मा अध्यायनरत विद्यार्थीको लागि रजिस्ट्रेशन आवेदन फारम खुला।

कक्षा ११ मा अध्यायनरत विद्यार्थीको लागि रजिस्ट्रेशन आवेदन फारम खुला।

  • 639
    SHARES

  • कक्षा ११ मा अध्यायनरत विद्यार्थीको लागि  रजिस्ट्रेशन आवेदन फारम खुला।

    मंसिर, २० काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ मा अध्ययनरत विद्यार्थीको लागि रजिस्ट्रेशन आवेदन फारम खुला गरेको छ । बोर्डले शैक्षिक वर्ष २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको रजिस्ट्रेसन आवेदन फारम खुला गरेकोहो।

    विद्यार्थीहरुले आउँदो पुस १५ गतेभित्र नियमित शुल्कमा आवेदन फारम भर्न सक्ने र विलम्ब शुल्कसहित पुस मसान्तभित्र भर्न पाउने बोर्डले उल्लेख गरेको छ।

    पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचनाअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनमत १ दशमलव ६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने र त्यसैका आधारमा रजिस्ट्रेशन फारम भर्नुपर्ने सुचनामा उलेख गरेको छ । त्यसका लागि आवेदन फारमसँगै प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईई कक्षा १० को ग्रेडशिटको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ ।

    हेर्नुस सूचना ।

    FB_IMG_1701827625335.jpg

    images
    बुधवार, मंसिर २० २०८००८:४६:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार