Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन बिश्वबिद्धालयमा शीतकालिन कक्षा सञ्चालन

त्रिभुवन बिश्वबिद्धालयमा शीतकालिन कक्षा सञ्चालन

  • 590
    SHARES

  • त्रिभुवन बिश्वबिद्धालयमा शीतकालिन कक्षा सञ्चालन

    मंसिर, २१ काठमाडौ । त्रिभुवन विश्वविद्यालय जल तथा मौलम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी फ्रान्स) र काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन (चाइनिज एकेडेमी अफ साइन्सेस–त्रिभुवन विश्वविद्यालय) र एकिकृत अन्तरराष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड) को सहयोगमा शितकालिन कक्षा सञ्चालन गरेको छ ।

    FB_IMG_1701931345832.jpg

    रिमोट सेन्सिङ प्रविधिको माध्यामवाट हिउँ र हिमनदीको स्थलगत अध्ययन पश्चात राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका २५ जना विद्यार्थी सहभागी भएको शितकालिन कक्षामा हिमनदीमा देखिएका तत्कालिन एवम् दीर्घकालिन प्रभाव,समग्र मौसम परिवर्तनमा देखिएको परिवर्तन, हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विभिन्न शीर्षकमा विज्ञ प्राध्यापकहरुवाट मंसिर २१ देखि पुस १ गतेसम्म ११ दिन सम्म कक्षा सञ्चालन हुने भएको छ ।

    सहभागी विद्यार्थीहरु मध्ये ९ जना सगरमाथा क्षेत्रको खुम्वु क्षेत्रमा रहेको हिमनदीहरुको तत्कालिन अध्ययन गरी फर्किएका हुन । शीतकालिन कक्षामा भारतका २, पाकिस्तानका १, भुुटानका १ र थाइल्याण्डका १ विद्यार्थीहरु समेत संलग्न रहेका छन् ।

    शीतकालिन कक्षासञ्चालन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा शिवलाल भुसालले अन्तरराष्ट्रिय शैक्षिक सहकार्य मार्फत विद्यार्थीहरुको सिकाइलाई थप प्रभावकारी र व्यवहारिक बनाउन जल तथा मौसम विभागले सञ्चालन गरेको शीतकालिन कक्षाबाट अन्य विभागहरु समेत प्रोत्साहित हुनुपर्ने बताउनुभयो ।

    FB_IMG_1701931350018.jpg

    त्रिभुवन विश्वविद्यालयले विश्वका प्रतिष्ठित निकायहरुसँग सहकार्य गरी आफ्ना विद्यार्थीहरुको क्षमता प्रस्फुटन गर्न थप गर्ने बताउनुभयो । शीतकालिन कक्षामा सहभागी विद्यार्थीहरुलाई प्रविधिको प्रयोग मार्फत आफ्नो विषयक्षेत्रमा उल्लेखनिय क्षमता प्र्रस्तुत गर्न समेत अनुरोध गर्नुभएको थियो । कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा विनिल अर्यालले अन्तरदेशीय शैक्षिक सहकार्य मार्फत विभागले जल तथा मौसम विज्ञान विषयको क्षेत्रमा आफ्नो अन्तरराष्ट्रिय प्रभाव विस्तार गर्दै गइरहेको र स्थलगत अध्ययन पश्चात सञ्चालन गरि कक्षाबाट विद्यार्थीहरु थप लाभान्वित हुने बताउनुभएको थियो ।

    विज्ञान र वैज्ञानिकहरु सधै खोज र अनुसन्धानका लागि क्रियाशिल रहनुपर्ने भन्दै उहाँले मौसम परिवर्तन र हिमनदीमा देखिएका जोखिमपूर्ण परिवर्तनको वास्तविक अध्ययन मार्फत भविष्यमा हुनसक्ने विश्वसंकटबाट जोगाउन शीतकालिन कक्षासञ्चालन थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी) का प्रतिनिधि डा.प्याट्रिक वागनोन र डा. एडिना राकोभिटानु ले विद्यार्थीहरुलाई कक्षामा आफ्नो उत्सुकता सम्वन्धी सम्पूर्ण प्रश्न सोध्न अनुरोध गर्नुभएको थियो । डा. प्याट्रिकले ४ बर्षे आफ्नो नेपाल बसाईमा उच्च हिमालीय क्षेत्रको विस्तृत अध्ययन गरी धेरै कुराहरु सिक्न पाएको बताउनुभएको थियो ।

    जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा दिपक अर्यालले शीतकालिन कक्षा सञ्चालनले विद्यार्थीहरुमा अध्ययन र अनुसन्धान प्रति थप आकर्षण बढाएको र स्थलगत अध्ययन मार्फत बौद्धिक क्षमताको विकास गराउन समेत सफल भइरहेको बताउनुभयो । विद्यार्थीहरुलाई निरन्तर अवसरहरु उपलब्ध गराइरहने र उनीहरुलाई उत्कृष्ट अध्ययन÷ अनुसन्धान गर्ने वातावरण निर्माणमा विभाग लागिरहेको बताउनुभयो ।

    कार्यक्रममा त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन (केसिआरइ)का उपनिर्देशक डा. विनोद दवाडीले स्वागत मन्तव्य व्यक्त गर्नुहँदै स्थलगत अध्ययनमा देखिएका व्यावहारिक ज्ञान र सूचनाहरुलाई आफ्नो अध्ययनसँग समन्वय गर्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको थियो । उहाँले शीतकालिन कक्षाको माध्यामवाट विद्यार्थीहरुमा थप नेटवर्किङ भई सम्पर्क विस्तार हुने उद्देश्य रहेको बताउनुभएको थियो । हिमनदी तथा उच्च हिमाली क्षेत्रमा देखिएका पर्यावरणीय परिवर्तन वारेमा प्राप्त सूचना तथा तथ्याङ्कहरुको उपयुक्त उपयोगी गरी अनुसन्धानका जोडिन समेत विद्यार्थीहरुलाई उत्प्रेरित गर्नुभएको थियो ।

    कार्यक्रममा शीतकालिन कक्षा सन् २०२३ को नेतृत्व गरिरहनुभएका जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक डा.दिवस श्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुहुँदै शीतकालिन कक्षासञ्चालनका मुख्य मुख्य विषयहरुमा वारेमा संक्षिप्त जानकारी गराउनुभएको थियो । श्रोत : त्रिवि सूचना ।

     

    images
    बिहिवार, मंसिर २१ २०८०१२:३५:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार