शुक्रवार, मंसिर २२ २०८०
मंसिर, २२ गोरखा । जिल्लाको गोरखा नगरपालिका- ९, लक्ष्मीबजारमा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा बिद्यार्थीहरुले तालाबन्दी गरेका छन। बिहिबार एक बिग्यप्ती जारी गर्दै स्वेच्छाचारी ढंगले चकेको र सममती कार्यन्वयन नगरेकी भन्दै स्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियु बिद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन।
उनीहरुले प्रशासनको कमजोरी र वेथिती भएको सुधारकालागी पहल गर्दा पनि वेवास्ता गरेको, कर्मचरी तथा शिक्षकहरु नियमित उपस्थिती नहुदा पठनपाठनमा समस्या भएको, साथै बिद्यार्थीहरुको पुस्तक, क्याम्पसको सरसफाई तथा बिद्यार्थी बिरामी पर्दा तत्कालै दिन सकिने सामान्य औषधी समेत पनि क्याम्पसले दिन नसकेको र कुनैपनि कार्यक्रममा स्वतन्त्र बिद्यार्थी युनियन तथा अन्य बिद्यार्थी संघ÷संगठनलाई सहभागी तथा कार्यक्रम गर्दा छलफल नगरेको भन्दै तालाबन्दी गरिएको बताइएको छ।
क्याम्पस प्रमुख रामचन्द्र दुवाडी भने तालाबन्दी पछी मात्र क्याम्पसमा पुगेका छन् । उनले भने ‘म कामको शिलशिलामा राजधानी थिए । यहाँ तालाबन्दी भएछ । बिद्यार्थीहरुको माग के हो हामी आजैदेखी छलफलमा जुट्छौ ।’
