आइतवार, मंसिर २४ २०८०
मंसिर, २४ काठमाडौं - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को सदस्य सचिव नियुक्तिमा ढिलाई भएपछी शिक्षामन्त्री अशोक राईको निरीह देखिएका छन। सदस्य सचिवको पद रिक्त भएसँगै सिटिइभिटिले २०८० भदाै २७ गते आवेदन खुला गगरिएकोमा हालसम्म नियुक्ति नभएपछी ठुलै चलखेल भएको सहजै अनुमान गर्न सकिन्छ।
सिटिइभिटिमा कार्यरत कर्मचारीहरू मध्येबाट निवेदन माग गर्ने सम्वन्धमा २०८० भदाै २७ गते बसेकाे सिफारिस समितिकाे बैठकले निर्णाय अनुसार सुचना प्रकाश गरिएकाे थियाे। याेग्यता पुगेका कर्मचारीहरूले मिति २०८० असाेज ४ गतेसम्म व्यावसायिक कार्ययाेजनासहित आवेदन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (कर्मचारी प्रशासन तथा सुशासन प्रवर्दन ) मा पेश गर्न हुन सबैकाे जानकारी गरेकाे सुचनामा उल्लेख छ। आवदेनको समयअवधी पाँच दिनको थियो। २०८० असोज १६ गते उम्मेदवारको नामावाली प्रकाशन गरियो। जसमा आठ जना उम्मेदवारहरूकाे नामावली प्रकाशन गरियाे।
अर्काे कार्ययोजना र अन्तवार्ता सम्वन्धी २०८० कार्तिक ८ गते सुचना जारी गर्याे। एक महिना वित्दा पनि अन्तवार्ताकाे नतिजा प्रकाशन गरेकाे छैन। सिफारिस समितिबाट आएकाे प्रस्ताव मन्त्री परिषदमा पुर्याउने काम शिक्षामन्त्री राइकाे हाे। यद्यपि पटक पटक मन्त्रीपरिषद बसेपनी शिक्षामन्त्री राइले अनेक वहाना गरेर प्रस्ताव मन्त्रीपरिषदमा पेश गर्न ढिलाइ गरिराखेका छन।
त्यसमध्य पनि तिन सदस्य छनाैट समितिका संयाेजक रमेश चन्द्र पाैडेल भुकम्प प्रभावित क्षेत्रमा गएका छन। शिक्षा सचिव सुरेश अधिकारी तान्जानीयका भ्रमणमा रहेका छन। भने, यता विज्ञका रूपमा केशव भट्टराइलाइ शिक्षामन्त्री राइले नियुत गरेका छन। कहिले कोहि बिदेश भ्रमणजाने कोहि भुकम्प प्रभावित क्षेत्रका स्कुल कलेज अनुगमन गरेर मन्त्रीको इन्ट्रेसमा विलम्ब गरेको एक आवेदकले बताए । यसरि सिटिइभिटिमा सदस्य सचिव नियुक्ति ढिला हुनुमा मन्त्री राइको भुमिका समेत संकास्पद देखिन्छ।
सिटिइभिटिको आन्तरिक तथा प्रशासनिक जिवनमा सदस्य सचिव निकै महत्वपूर्ण मानिन्छ। सदस्य सचिवको कार्यकाल लम्ब्याउने खेलमा लागेर अनिर्णयको बन्दी बनाएका तत्कालीन सदस्य सचिव जिवनारायण काफ्लेको उक्साहटमा लागेका मन्त्री राई फेरि निमित्त कै भर सिटिइभिटिलाइ चलाएर थप समस्या खडा गरेका छन ।
जसका कारण नियमित कामकाज समेत अबरोध भएका छन । आवेदकहरु मन्त्री र मन्त्रीका आफन्त नातेदार रिझाउन घर घर देउसी भैलो खेल्न व्यस्त हुदा अस्तव्यस्त बन्न पुगेको छ। विद्यार्थीको प्रत्यक्ष सरोकार हुने परिक्षा, रिजल्ट लगायतका काम सुस्त बनेका छन ।
याेग्यताक्रमका आधारमा एक नम्वरमा महेश भट्टराइकाे नाम छ। स्रोतका अनुसार भट्टराइ नेपाली कांग्रेसका नेता शेखर कोइराला निकट मानिन्छन। पटक पटक सदस्य हुन दौरासुरुवाल सिलाएर तयार भएका उनी हात लाग्यो सुन्यको अवस्थामा पुग्ने गरेकाछन । माछो माछो भ्यागुतो भन्ने उखान भट्टराई हकमा चरित्रार्थ हुन्छ ।
दुइ नम्वरमा टेक बहादुर मल्लकाे नाम छ। स्रोतका अनुसार मल्ल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाका भतिजा प्रकाश देउवाका मामा हुन। मल्ल कर्मचारीबृतमा ऐन नियम विधि प्रक्रिया भन्दा दायाँ बायाँ नगर्ने, कसैको दवाव प्रभावमा नपरी काम गर्ने हक्की स्वभावका कर्मचारीको रुपमा चिनिन्छन।
त्यस्तै तेस्राे नम्वरमा भुवनेश्वर ढुंगानाकाे नाम छ। स्रोतका अनुसार ढुंगाना प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड जन्मेकाे काँस्कीका हुन। उनी पनि सदस्य सचिवको दौडमा अगाडि नै छन । उनको लागि माओवादी केन्द्रका गण्डकी प्रदेशका नेताहरु दौडधुपमा छन । प्रचण्डलाई आफ्नो सरकारको पालामा पार्टीसङ्ग आस्था राख्ने पार्टी निकट मान्छेलाइ नियुक्ति गर्नु पर्छ भन्दै कर्मचारी संगठनका नेताहरु दिन दिनै बालुवाटार धाइरहेको स्रोतले बताएको छ।
चाैँथाे नम्वरमा नलराम देवकाेटाकाे छ। स्रोतका अनुसार गाेरखाका देवकाेटा नेपाली कांग्रेस निकट हुन। उनी कांग्रेस भए पनि सदस्य सचिव हुन्छ भन्नेमा आफै ढुक्क छैनन । कोसिस गरेको पनि देखिन्न । उनको आवेदन औपचारिकताको लागि मात्र देखिन्छ।
पाँचाै नम्वरमा अर्विन्द् चाैँधरी मधेश प्रदेशकाे सिटिभिटिकाे प्रमुख हुन। हालै अखि्तयारकाे छानविनमा परेका छन। उनी मातहतका कर्मचारीको मिलिभगतमा प्रबेश परिक्षामा सेटिङ गरेको प्रमाणित भएको छ। करार कर्मचारिको करार रद्द र स्थायी कर्मचारीको सरुवा र ग्रेड बृद्दी रोक्का गरिएको छ।
त्यसैगरी छैँटाे नम्वरमा विनाेद वडालकाे नाम रहेकाे छ। स्रोतका अनुसार उनी एमालेका केशव बडालका नातेदार हुन। नाता सम्बन्धले जे भए पनि उनी चाहिँ इमान्दार सोझो र कर्तव्यनिष्ठ अफिसर मानिन्छ। उनी सदस्य सचिव हुने हो भने सिटिइभिटिका भ्रष्टहरु ठेगान लाग्न त्यहाका इमान्दार कर्मचारिको बुझाइ रहिआएको छ। आस्थाकै आधारमा सरुवा बढुवा जिम्मेवारी दिने लिने फोहरी खेल हुने भएको आधारमा उनको सदस्य सचिव हुने चान्स भने एकदमै कम छ।
त्यस्तै, साताैँमा अनुज भट्टराइकाे नाम रहेकाे छ। उनी अहिलेसम्म कतै खुलेका छैनन। उनी पनि राम्रा अफिसर हुन । उनी पनि रेस बाहिर छन ।
अन्तिम अर्थात आठौमा भने प्रमाेदभक्त आचार्यकाे नाम रहेकाे छ। स्रोतका अनुसार तनहुँ घर भएकाे आचार्य राष्ट्रपती रामचन्द् पाैडेलका नजिकका मानिन्छन। एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको जोड पनि आचार्यलाई नै बनाउँने रहेको छ। हाल सिटिभिटिका परिक्षा नियन्त्रक हुन। उनको लागि पुर्व सदस्य सचिव पुष्परमण वाग्ले देखि रामहरी लामिछाने सम्म मरिमेटी लागेका छन । उनलाइ पुर्व निर्देशक रमेश बखतिको पनि बलियो साथ छ।
सिटिइभिटी हुदा विभिन्न सेटिङमा माहिर बखती प्रमोद भक्त आचार्यलाई बनाउन निजि संस्था संचालकलाई लगानिको लागि तयार बनाउने देखि प्रधानमन्त्रीका स्वकीय सचिवलाइ समेत प्रभाव पारेको जानकारिमा आएको छ। आचार्यको लागि राष्ट्रिय स्वतन्त्र पार्टिका भर्खरै मनोनित केन्द्रीय सदस्य डाक्टर रामहरी लामिछाने कार्ययोजना निर्माण गरेका स्रोतले बतायो। त्यस्तै टेक मल्ललाई भिसि बनाएर प्रमाेदलाइ सदस्य सचिव बनाउने सुचना बाहिर आएको छ। मल्ललाइ नियुक्ति गर्दा १२ महिनाकाे कार्य अवधि हुने भएकाले यसाे गर्न लागिएकाे बताएका छन। त्यसैले सदस्य सचिव बनाउँन ठुलै राजनिती चलेखेल भएकाे स्पष्ट बुझ्न सकिन्छ।
सदस्य सचिव नियुक्तको ढिलाइका कारण नया भर्नाको लागि तयार भएका संस्थाहरुलाइ असर गरेको छ। सिटिइभिटिको सुचनाको आधारमा भर्ना लिन ठिक्क परेर बसेका संस्थाहरु दिक्क मानेर बसेका छन