सोमवार, मंसिर २५ २०८०
मंसिर, २४ काठमाडौ । काठमाडौको नयाँबजार स्थित मनास्लु पब्लिक स्कुलले कानुनी सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। आइतवार एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई कानुन सम्बन्धी आधारभुत ज्ञान उदेश्यले कानुनी सचेतना तथा अभिमुखिकरण कार्यक्रम गरेको हो।

अभिमुखिकरण कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरु सहभागी रहेका थिए। वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले विद्यार्थीहरुलाई अभिमुखिकरण गर्नुभयो। उहाँले विद्यार्थीहरुले देशको संबिधान र कानुन सम्बन्धी सामान्य ज्ञान हासिल गर्नु अनिवार्य रहेको बताउनुभयो।

अधिवक्ता घिमिरेले मानव अधिकार र नागरिकको अधिकार बिचको फरक, अन्तर्राष्ट्रिय कानुर र राज्यको कानुन बिचको फरक तथा कानुनी राज्य र सुशासन बारे विद्यार्थीहरुलाई अवगत गराउदै कानुनको प्रक्रिया बेगर कुनै पनि काम गर्न नहुने कुरा बताउनुभयो।

बिश्वब्यापी रुपमा अनिवार्य लागु हुनुपर्ने अधिकारहरु मानव अधिकार हो। मानव अधिकारलाई कुनै पनि देशले कन्ट्रोल गर्न पाउदैन । तर नागरिक अधिकार (Civil Right) आफ्नो देश भित्र रहने मानिसले पालना गर्नुपर्ने र राज्यले दिने अधिकार हो भन्दै फरक फरक देशमा देशको सामाजिक संरचना र नागरिकको आवस्यकता अनुरुप कानुन बनाइने बताउनुभयो। त्यसैगरी अधिवक्ता घिमिरेले घरेलु हिसंसा बारे विद्यार्थीहरुलाई सु-सूचित गर्नुभयो । घरेलु हिंसाको प्रकृति र घटनाका प्रकारहरु बारे जानकारी दिदै कैयौ अवस्थामा आफैलाइ थाहै नभैकन विद्यार्थीहरु त्यसमा संङ्लग्न हुने गरेको र दुखपाउने गरेको बताउदै त्यस कुराको अनुभुत गर्न अभिमुखिकरण कार्यक्रमले सघाउ पुर्याउने बिस्वास दिलाउनुभयो।

त्यसैगरी बालबालिका र उमेर पुगेका नागरिकहरु प्रती गर्नहुने र नहुने ब्यबाहार बारे विद्यार्थीहरुलाई जानकार हुनुपर्ने बताउदै त्यसबारे उनिहरुलाइ कानुनी परामर्श दिनुभयो।

उहाँका अनुसार बालबालिकाले अनजानमै कुनै अपराधमा संङ्लग्न भए १० बर्ष मुनिका बालबालिकालाई मुद्दा नपाइने, साथै १० देखि १४बर्ष मुनिका बालबाकिलाकाइ ६ महिना भन्दा बढि कैदमा राख्न नमिल्ने, त्यस्तै १४ देखि १६ बर्षमुनिका लाई आधा सजाय र १६ देखि १८बर्ष मुनिका बालबालिकालाई दुई तिहाइ मात्रै सजाय हुने भन्दै यदि जानिजानी अपराध गरेको खण्डमा उनिहरुको अभिभावकहरुलाइ समेत कानुन लाग्ने बताउनुभयो।

अधिवक्ता घिमिरेले राज्य र स्थानिय सरकारको काम कर्तव्य बारे बोल्दै स्थानिय सरकार ले के गर्छ?, नागरिक प्रतिको उसको अधिकार के हुन्छ?, संघिय राज्यले के गर्छ र उसको अधिकार के हुन्छ? भन्ने कुरा विद्यार्थीहरुलाइ सचेताना गराउनुभयो। उहाँले निर्वाचित प्रतिनिधिहरुको अधिकार हुदैन बरु कर्तव्य र दायित्व मात्रै हुन्छ भन्दै कानुन बारे सामान्य पनि जानकार नराखेर जनप्रतिनिधिहरु बोल्नुपर्ने भन्दा बढी बोल्ने गरेको बताउनुभयो। स्थानिय सरकाले नागरिकको सेवा गर्ने कर्तव्य हो। कर्मचारी भनेको नागरिकको सेवा गर्न गएका प्रतिनिधि मात्रै हुन भन्दै सर्भबौम अधिकार नागरिक संग मात्रै हुने कुरा बताउनुभयो।

आजभोली सार्वजनिक स्थानहरुमा युवा विद्यार्थीहरुले गर्नु नहुने कुरा समेत गरिरहेको भन्दै बिशेष गरि सार्वजनिक स्थानमा के गर्न पाउने के नपाउने भन्ने कुराको सचेतना दिनुभयो। त्यसैगरी साइबर कानुन र ब्यक्तिगत गोपनियतको अधिकार बारे विद्यार्थीहरुलाइ बिशेष जानकारी दिनुभयो।

कार्यक्रममा नागरिकहरुले स्थानिय तहहरुमा कानुनी सचतेनाको अभावले सामान्य भन्दा सामान्य कामहरु गर्न समेत दुख पाइरहेकोले कम्तिमा बिद्यालय/कलेज पढ्ने विद्यार्थीहरुलाई कानुन सम्बन्धी जानकारी गराउने उदेश्यले अभिमुखिकरण गरेको स्कुलकि प्रिन्सिपल सुचिता शाक्यले बताउनुभयो। उहाँले सामान्य र सानो जस्तो देखिने तर महत्त्वपूर्ण कुरा सिक्न पाएको बताउनुभयो।

अभिमुखिकरण कार्यक्रमको अन्त्यमा विद्यार्थीहरुसंग अन्तरक्रिया गर्दै विद्यार्थीहरुले निर्वाचन प्रणाली, संसारभरी लागुहुने अधिकार, संम्बिधान, र ऐन बारे प्रश्नउत्तर गर्दै समापन भयो।
अभिमुखिकरण कार्यक्रममा कार्यक्रममा कलेजका कार्यकारी निर्देशक जेबि दवाडी लगाएत ३५० बढी विद्यार्थीहरुको उपस्थिती रहेको थियो।



