शुक्रवार, मंसिर २९ २०८०
मंसिर, २९ काठमाडौ । धुनिबेशी नगरपालिका स्तरीय १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता - २०८० शुरु भएको छ। धुनिबेशी नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा बिहिबार धुनिवेशी नगरपालिका वडा नम्बर ५ धार्के स्थित भुवनेश्वरी मावीमा एक कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन भयो।

राष्ट्रपती रनिङ सिल्डका खेलहरु नगरपालिका भित्रको विभिन्न बिद्यालयहरुमा खेलाइने छन । भुवनेश्वरी माध्यमिक बिद्यालयमा फिल्ड तर्फको खेलहरु सटपुट, ज्याबलिङ थ्रो, तेक्वान्दो डौड, धुनिबेशी आदर्श क्याम्पसमा भलिबल तथा कपर्डी र महेन्द्रोदय माद्यामिक बिद्यालय मैदानमा सितेरियो कराँते लगाएत खेलहरु खेलाइने बताइएको छ।

आधारभुत र माध्यमिक तह बीच छुट्टाछुट्टै तहगत प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगितामा करिब २० वटा आधारभूत बिद्यालय र करिब १६ वटा माध्यमिक बिद्यालयले सहभागिता जनाएको थियो। आधारभूत र माध्यमिक बिधालयहरुबाट करिब ४०० देखि ५०० सम्म विद्यार्थीको सहभागी भएका छन। मंसिर २८ गते बिहिबारबाट शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलिसम्म चल्नेछ।



