शुक्रवार, माघ ३० २०७७
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिकशत्र असार महिनाबाट सुरू गर्ने तयारी गरिरहेको छ । नयाँ शिक्षा नियमावली संसोधन गरेर बजेटमा छाप्न पठाइ सकिएको र संसोधित नियमावली अबको एक हप्तापछि छापिएर सार्वजनिक हुनेछ ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार ‘आगामी शैक्षिक सत्रालाई असारबाट सुरू गर्नेगरी शिक्षा मन्त्रालयले तयारी गरे संगै यो वर्षको शैक्षिक सत्र लम्बिने पक्कमा भएको छ ।’
कोभिड–१९ का कारण अस्तव्यस्त बनेको शिक्षा क्षेत्रले कोरोना संक्रमण न्यून भएसँगै पुरानै लय समात्ने मन्त्रालयको विश्वास छ ।
एसईई जेठमा हुने
सरकारले आगामी असारबाट नयाँ शैक्षिक सत्र सुरू गरे यस वर्षको एसईई परीक्षा आगमी जेठ महीनामा हुने आकलन गरिएको छ |
परीक्षाको लागि प्रश्नपत्र छाप्ने, परीक्षा केन्द्र तोक्ने लगायत विभिन्न काम गर्नको लागि कम्तिमा पनि तीन महीना लाग्ने भएका कारण पनि एसईई आगामी वर्षको जेठ सम्ममा हुने उनको देखिन्छ । शिक्षा मन्त्रालयले एसईई परीक्षा कहिले सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेपनि राष्ट्रियस्तरमा परीक्षा हुने भएपछि त्यसको तयारी राष्ट्रिय परिक्षा बोर्ड गरिरहेको श्रोतबाट जानकारी दिईएकोछ।