Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौ महानगरको सफ्टवेयर डिभलपमेन्ट तालिम सुरु ।

काठमाडौ महानगरको सफ्टवेयर डिभलपमेन्ट तालिम सुरु ।

  • 588
    SHARES

  • काठमाडौ महानगरको सफ्टवेयर डिभलपमेन्ट तालिम सुरु ।

    पुस, १ गते, काठमाडौं । काठमाडौं महानगरपालिकाले सफ्टवेयर डिभलपमेन्ट तालिम सुरु गरेको छ । चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा आएको ‘रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि’ कार्यक्रम अन्तर्गत युवा लक्षित सफ्टवेयर डिभलपमेन्ट तालिम सुरु गरिएको महानगरले जनाएको छ ।

    काठमाडौ महानगरले ३४ विधामा १५ हजार युवालाई सीपमूलक तालिम दिने, तीमध्ये ५ हजार व्यक्तिलाई रोजगार तथा स्वरोजगार बनाउने लक्ष्य राखेको छ। जसमध्य सफ्टवेयर तालिम पनि रहेको बताइएको छ।

    FB_IMG_1702819908343.jpg

    तालिम कार्यक्रमको शुभारम्भ राष्ट्रिय सभा गृहमा भयो । काठमाडौँ महानगरले कोही पनि युवाले वेरोजगार बस्नु नपरोस् भन्ने हाम्रो उद्देश्यले निःशुल्क तालिम रोजगारमूलक तथा स्वरोजगारमूलक कार्यक्रम गरिएको कार्यक्रमका संयोजक रामकुमार केसिले बताउनुभयो। हामी युवालाई आफैँ उद्यम गर्न सक्षम बनाउँछौँ । रोजगार क्षेत्रमा जान चाहनेलाई योग्य बनाउँछौँ उहाँले भन्नुभयो।

    सफ्टवेयर तालिमबाट व्यक्तिमा भएको सिप रोजगारका लागि योग्यता मापन गर्न सक्ने क्षमता हुनेछ । कार्यक्रममा समितिका सदस्य महेश नेपालीले भन्नुभयो, ‘क्षमता भएका तर योग्यताका लागि पेश गर्नु पर्ने प्रमाण पत्र नभएका युवालाई तालिमबाट प्रतिस्पर्धी र योग्य जनशक्ति बनाउँछौँ । यसरी सिकेको सिप स्वरोजगारबाट आयमा रुपान्तरण गर्न सकिनेछ ।’

    फोकल पर्सन शान्ता पहाडिले २ महिने तालिमका लागि २४४ जनाले आवेदन दिएकोमा सूचकका आधारमा छानेर ४० जना युवालाई २ सिफ्टमा विभाजन गरेर तालिम दिन सुरु गरिएको बताउनुभयो।

    FB_IMG_1702819920599.jpg

    ‘सफ्टवेयर विकास तालिम पाठ्यक्रमको उद्देश्य सहभागीलाई सफ्टवेयर विकास सम्बन्धी एकीकृत ज्ञान र सीप प्रदान गर्नु हो । १२५ घण्टे यो तालिममा ७५ घण्टा अन द जब तालिममा आधारित हुन्छ । सिकाइको २० प्रतिशत सिद्धान्त र ८० प्रतिशत प्रयोगात्मक कक्षा हुने बिश्वास लिइएको छ।

    कम्प्युटर बिज्ञान, सूचना प्रविधि, इञ्जिनियरिङ्जस्ता विषयमा भर्खर स्नातक तह उत्तीर्ण गरेका, अन्य गैर प्राविधिक क्षेत्रबाट प्राविधिक क्षेत्रमा आउन तीब्र इच्छा भएका कोडिङ् तथा प्रविधिको विकासमा लाग्न जोश भएका व्यक्तिहरुलाई तालिममा सहभागी गराइएको छ । 

    मोडलिङ्, व्रेम स्ट्रमिङ्, दृश्य संकेतको प्रयोग, व्यक्तिगत कार्यशाला तथा सामुहिक कार्यशाला, प्रदर्शन तालिमका विधि हुन् । प्रोग्रामिङ्को आधारभूत ज्ञान, कम्प्युटर साक्षरता, तालिम लिएर केही गर्न सक्छु भन्ने प्रतिवद्धता, अंग्रेजी भाषाको ज्ञान भएका, इन्टरनेट र व्यक्तिगत कम्प्युटर वा ल्यापटपमा पहुँच भएका आवेदकलाई तालिममा छनोट गरिएको हो । 

    यसरी तालिम पाएका ९० प्रतिशत सहभागी रोजगारी क्षेत्रमा गएको वा स्वरोजगार भएको, रोजगारमा गएकाहरुको कार्य सम्पादनबाट रोजगारदाता सन्तुष्ट भएको, अहिलेभन्दा ५० प्रतिशत बढी आम्दानी गर्न थालेको तालिम सफलताको सूचकका रुपमा राखिएको छ । 

    कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान तथा तालिम लिएर केही गर्न सक्छु भन्ने प्रतिवद्धता, अंग्रेजी भाषाको ज्ञान भएका, इन्टरनेट र व्यक्तिगत कम्प्युटर वा ल्यापटपमा पहुँच भएका आवेदकलाई तालिममा छनोट गरिएको छ । यसरी तालिम पाएका ९० प्रतिशत सहभागी रोजगारी क्षेत्रमा गएको वा स्वरोजगार भएको, रोजगारमा गएकाहरुको कार्य सम्पादनबाट रोजगारदाता सन्तुष्ट भएको, अहिलेभन्दा ५० प्रतिशत बढी आम्दानी गर्न थालेको तालिम सफलताको सूचकका रुपमा राखिएको छ ।

    तालिमका लागि सार्वजनिक सूचनामार्फत आव्हान गरिएको थियो । तालिम लिन इच्छुकले कुनै न कुनै विधामा अवसर प्राप्त गर्न सकनु भनेर फाराम भर्दा आफूलाई रुचि लागेको क्षेत्रमध्ये पहिलो रुचि भएको विधालाई १ त्यसपछिा दोस्रो रुचिको क्षेत्रलाई २ गर्दै क्रमशः ३, ४ र ५ नम्बर दिन लगाइएको छ । यसमा आफूले राजेका ५ विधामध्ये कुनै न कुनै विधामा तालिम प्राप्त गर्न सक्छन् । #काठमाडौ महानगर 

     

    images
    आइतवार, पौष १ २०८००७:३९:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार