सोमवार, पौष २ २०८०
पुस, २ गते काठमाडौ । मुलुकको सबैभन्दा जेठो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आज ४९ औं दिक्षान्त समारोह, दशरथ रंगशालामा आयोजना गरेको छ।
दिक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री तथा बिश्वबिद्धालयका कुलपती पुष्पकमल दाहाल 'प्रचण्ड' बिश्वबिद्धालयका पदाधिकारीहरु लगाएत बिशिस्ट ब्यक्तिहरुको उपस्थिती रहेको छ।
बिश्वबिद्धालयले आयोजना गरेको सिक्षान्त समारोहमा १२ हजार ४ सय १५ जना आज दीक्षित हुनेछन् । भने दिक्षान्त समारोह गिनिज बुक अफ वर्ल्ड रेकर्डले अवलोकन गर्दैछ। धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने भन्दै त्रिविले गिनिज बुकलाई रेकर्डका लागि अनुरोध गरेको र सोहीका लागि अवलोकन गर्न प्रतिनिधि टोली काठमाडौँ आएको बिश्वबिद्धालय जानकारी दिएको छ।




