Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रतिस्पर्धाको आधारमा उपकुलपति नियुक्ति गर्ने प्रम प्रचण्डको प्रतिबद्धता ।

प्रतिस्पर्धाको आधारमा उपकुलपति नियुक्ति गर्ने प्रम प्रचण्डको प्रतिबद्धता ।

  • 597
    SHARES

  • प्रतिस्पर्धाको आधारमा उपकुलपति नियुक्ति गर्ने प्रम प्रचण्डको प्रतिबद्धता ।

    पुस, ३ गते काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयमा प्रतिस्पर्धाको आधारमा उपकुलपति नियुक्ति गर्ने प्रतिबद्धता जनाउनुभएको छ। त्रिभुवन बिश्वबिद्धालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले बिश्वबिद्धालयको ४९औं दिक्षान्त समारोहमा सम्बोधन गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन।

    आजको यो दिक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दिक्षान्त समारोहको तमाम श्रृङ्खलामा एउटा रेकर्ड हुन गयो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भन्नुभयो, ''आज म यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबन्डाको अन्त्य गर्ने, मेरिटको आधार उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईहरूको अगाडि व्यक्त गर्दछु।'' यसका निम्ति खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीहरूलाई विशेष आह्वान पनि गर्दछु।

    राजनीतिक दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबन्डा होइन मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन अपिल गर्दछु । उहाँले भन्नुभयो उनले भने 'एकातर्फ हामी विश्वविद्यालयमा राजनीतिक भागबन्डा हुनुहुँदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकायहरू हुनुपर्दछ भनिरहेका छौँ, अर्कातर्फ हामी आफैँ राजनीतिक भागबन्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँ। यस्ता विषयमा विचार गर्नुपर्छ।'

     

     

    images
    मंगलवार, पौष ३ २०८००७:३३:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार