Jul 27 2026 | २०८३, श्रावण ११ गते

संघीय शिक्षा बिधेयक उच्च-प्राथमिकतामा, शिक्षकका जायज माग सम्बोधन गरिन्छ : प्रधानमन्त्री 

संघीय शिक्षा बिधेयक उच्च-प्राथमिकतामा, शिक्षकका जायज माग सम्बोधन गरिन्छ : प्रधानमन्त्री 

  • 597
    SHARES

  • संघीय शिक्षा बिधेयक उच्च-प्राथमिकतामा, शिक्षकका जायज माग सम्बोधन गरिन्छ : प्रधानमन्त्री 

    पुस, ७ गते काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ।

    शनिवार काठमाडौको बनस्थलिको एक पार्टिप्यालेसमा एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय समितिको बहुउद्देश्यीय भवन शिलान्यास ,केन्द्रिय समितिको बिस्तारित बैठक तथा शिक्षक अभिमुखिकरण कार्यक्रम समुद्गघाटन समारोह बोल्दै प्रधानमन्त्रीले शिक्षा बिधेयक- २०८० उच्च-प्राथमिकतामा राखेको र शिक्षकका जायज माग पूरा गर्ने बताउनुभयो।

    कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले शिक्षकहरुलाई संघीय शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासा रहेको भन्दै नयाँ अधिवेशन बोलाएपछि पहिलो काम नै सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन र संघीय शिक्षा विधेयक संसदबाट पारित गराउन पहल गर्ने बताउनुभयो।

    साथै प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा विधेयकमा शिक्षकका जायज माग सम्बोधन गरिने र विद्यालय शिक्षालाई थप सबल बनाउने बताउनुभयो । उहाँले ‘तपाईं शिक्षकले आफ्ना माग र मुद्दा सम्बोधन गर्न सडकबाट दबाब दिनुभयो र यसले सरकारलाई सहयोग पुगेको भन्दै अहिलेको मस्यौदामा जुन सुझाव दिनुभएको छ, त्यसमध्ये जायज र सम्भव माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो।

    कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय अध्यक्ष शंकर अधिकारीको अध्यक्षतामा गर्नुभयो। साथै महासचिव कुलप्रसाद खतिवडाले कार्यक्रम संचालन गर्नुभयो भने वरिष्ठ उपाध्यक्ष मानबहादुर पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा पुर्व सभामुख अग्नि प्रसाद सापकोटा, पुर्व मन्त्री तथा पार्टी महासचिव देवप्रसाद गुरुङ, बागमती प्रदेश भौतिक योजना तथा पुर्वाधार मन्त्री युवराज दुलाल लगाएत नेताहरुको उपस्थिती रहेको थियो।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार