Oct 02 2026 | २०८३, आश्विन १६ गते

गीताञ्जली स्कुलको खेलकुद सप्ताह शुरु ।

गीताञ्जली स्कुलको खेलकुद सप्ताह शुरु ।

  • 1.6K
    SHARES

  • गीताञ्जली स्कुलको खेलकुद सप्ताह शुरु ।

    पुस, १० गते काठमाडौ । काठमाडौको नयाँबजार स्थित गीताञ्जली स्कुल/कलेजको खेलकुद सप्ताह शुरु भएको छ। आइतवार एक कार्यक्रमका बिच कलेजको खेलकुद सप्ताह (Sports Carnival) शुरु भएको हो। 

    IMG-fd34cf76346539360aa4dc1bcc562f40-V.jpg

    गीताञ्जली कलेजमा पढाई संगसंगै शारीरिक तथा मानसिक बिकासको लागि हरेक बर्ष विद्यार्थीहरुलाई विभिन्न खेलहरु खेलाउने गरिएको छ। खेलकुद सप्ताहमा नेपालको राष्ट्रिय खेल भलिबल, बास्केटबल, फूटसल, ब्याडमिन्टन, टेबलटेनिस, र म्याराथन खेलहरु भइरहेका छन्।

    FB_IMG_1703593946896.jpg

    खेल सप्ताहमा भलिबलको ७ वटा टिम जसमध्य ५ वटा टिम छात्र र -२ वटा टिम छात्राहरुको रहेको छन। साथै बास्केटबलमा ८ वटा टिम, फूटसलमा १० वटा टिम, ब्याडमिन्टन, टेबलटेनिस र म्याराथनमा विद्यार्थीहरुले भाग लिएको खेलकुद संयोजन गरिरहनु भएका कलेजका कोर्डिनेटर बाशुदेव अधिकारीले बताउनुभयो। उहाँका अनुसार खेलहरु बुधवार सम्म खेलाइने बताइएको छ।

    IMG-fb95db705e322c969582de6265149a9a-V.jpg

    विद्यार्थीहरुलाई विभिन्न खेलहरु मार्फत शारिरिक तथा मानसिक स्फुर्तिका लागि खेलकुद अत्यन्तै महत्त्वपूर्ण रहने भएकोले हरेक बर्ष कलेजले अतिरिक्त क्रियाकलाप (CCA/एक)लाई पढाइ संगसंगै लैजाने गरेको कलेजका प्राचार्य बेद पन्तले बताउनुभयो। उहाँले खेलाडी उत्पादन थलो बिद्यालयलाई निर्माण गर्न र खेलको आधार स्तम्भ निर्माण गर्न सघाउ पुर्‍याउनका लागी नियमित खेलकुदमा ध्यान दिने गरेको धारणा ब्यक्तगर्नुभयो ।

    राष्ट्रिय खेल भलिबलमा बिशेष जोड दिदै आएको उक्त कलेजले हरेक खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

    Screenshot_20231226-181943_Facebook.jpgScreenshot_20231226-181925_Facebook.jpgIMG-172717ba0459efaa3a4ff0768a0a7006-V.jpgIMG-b5a98530306df4649cdc534880fd81ab-V.jpgIMG-22cb77b56f519389f284e4b82ec6bda6-V.jpgIMG-6703f077af87217cb1190313b15f3bc9-V.jpg

    images
    मंगलवार, पौष १० २०८००६:१६:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार