Oct 02 2026 | २०८३, आश्विन १६ गते

प.नि.का.को ढिलासुस्ती विरुद्ध त्रिवि स्वबियुको आन्दोलन: झापाबाट विद्यार्थीको ऐक्यबद्धता

प.नि.का.को ढिलासुस्ती विरुद्ध त्रिवि स्वबियुको आन्दोलन: झापाबाट विद्यार्थीको ऐक्यबद्धता

  • 472
    SHARES

  • प.नि.का.को ढिलासुस्ती विरुद्ध त्रिवि स्वबियुको आन्दोलन: झापाबाट विद्यार्थीको ऐक्यबद्धता

    पुस १२ गते, काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको समग्र सुधार तथा परीक्षा नियन्त्रण कार्यालय बल्खुको ढिलासुस्तीविरुद्ध त्रिभुवन बिश्वबिद्धालय स्वबियुको नेतृत्वमा आन्दोलन शुरुआत भएको छ। विश्वविद्यालय सञ्चालन प्रणालीमा समग्र सुधारको माग गर्दै स्वबियूले आन्दोल शुरुवात गरेको हो।

    परीक्षा नियन्त्रण कार्यालयमा सबैभन्दा बढी ढिलासुस्ती भईरहेको र विद्यार्थीले सास्ती खेप्नु परेको भन्दै आन्दोलन गर्नुपरेको त्रिभुवन बिश्वबिद्धालयका स्वबियू अध्यक्ष श्यामराज ओझाले बताउनुभयो। सिस्टम सुधारको लागि आन्दोलनको प्रारम्भ गरेका हौं।

    विद्यार्थीलाई मार्कामा पारेर आफु सेवाभोगी बन्ने छुट कुनै पदाधिकारीलाई छैन भन्दै ओझाले भन्नुभयो, "अब गाडीमा सवार हुन विश्वविद्यालय आउने होइन- काम गर्नका लागि आउने बेला भएको छ। कृपया काम गर्नुस सुविधाका लागि प्रयोग गरिदै आएका गाडीहरू केहि दिन प्रयोग नगर्नुस। हामी कुनै सेवा अबरुद्ध गर्ने छैनौ।" स्ववियूकै अगुवाईमा दबाबमुलुक प्रर्दशनको कार्यक्रम जारी राख्ने विद्यार्थीको उहाँको भनाई छ ।

    प्रदर्शनमा सहभागीहरूले परीक्षा उत्तीर्ण गर्न भन्दा प्रमाणपत्र दिन ढिलाई हुने गरेको गुनासो गरेका थिए । समयमा परीक्षा सञ्चालन नहुने र परीक्षा सकिएको डेढ वर्षसम्म नजिता सार्वजनिक नुहने समस्या त्रिविमा दोहोरिँदै आएको छ । विद्यार्थीलाई शैक्षिक क्यालेण्डर पूर्णरुपमा कार्यान्वयन गर्न समेत माग गरेका छन् । बेथितिहरु बढ्दै गएर शैक्षिक संस्थाहरु ध्वस्त हुने अवस्थामा पुगेको ओझाले बताए । परीक्षा नियन्त्रण कार्यालय सुधार नहुँदासम्म आन्दोलन जारी राख्ने उनले जनाए ।

    FB_IMG_1703738177824.jpg

    त्यसैगरी झापाबाट विद्यार्थी उक्त आन्दोलनको ऐक्यबद्धता जनाएका छन। स्वतन्त्र विद्यार्थी युनियन शनिचरे बहुमुखी क्याम्पसका विद्यार्थीहरुले स्वबियू त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस किर्तिपुरले परिक्षा नियन्त्रण कार्यालय बल्खु सुधारका लागि गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन।

    FB_IMG_1703730594707.jpg

    त्यसैगरी झापाकै काकरभित्ता बहुमुखी क्याम्पसका विद्यार्थीगरुले समेत आन्दोलनमा ऐक्यबद्धता जनाएका छन।

    FB_IMG_1703731006450.jpg

    उनिहरुले उपकुलपती नियुक्ती खुल्ला प्रतिस्पर्धा बाट गर ! SAVE TU! दलिय भागवण्डाको अन्त्य गर ! शिक्षाको दलियकरण अन्त्य गर ! विश्वविध्यालयका पदहरुको लिलामी बन्द गर ! उपकुलपतीको परीचय दलको झण्डा नहोस , ज्ञानको पुन्ज होस ! फेरी गल्ती नगरौ ! विश्वविध्यालयको सुधार , उपकुलपतीको खुल्ला प्रतिस्पर्धा बाट होस ! Stop Partisan Appointment in University ! Our University, Our Pride ! Reform TU ! जस्ता नारा लेखिएका प्लेकार्डहरु बेकेर ऐक्यबद्धता जबाएका छन।

    FB_IMG_1703730584042.jpg

    FB_IMG_1703730977156.jpgFB_IMG_1703730980630.jpgFB_IMG_1703730993355.jpgFB_IMG_1703731003637.jpg

     

     

    images
    बिहिवार, पौष १२ २०८०१०:२०:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार